रसुवामा सडक अवरुद्ध हुँदा हेलिकोप्टर चार्टर

धुञ्चे भार्खु सडकखण्डको त्रिशुली खोला नजिक लगाइएको सपोट पर्खालमा पहिरोले क्षति पु¥याएपछि सवारी आवगमनमा अवरोध भएको छ ।
बन्द सडक खुलाउने कार्य तीब्ररुपमा भइरहेको र पहिला रोकिएका दर्जनौँ सवारी साधनलाई आँशिक रुपमा सडक खोली डोजरको सहायताले आवतजावत गराइएको डिभिजन सडक कार्यालयका सुपरभाइजर किप्पा छिरिङ तामाङले जानकारी दिनुभयो ।
करीब १५ मिटर दूरीको पहिरो क्षेत्रबाट सहज रुपले सडक खुलाउन डोजरको सहायताले ढुङ्गा फुटाउने काम तीव्ररुपमा अगाडि बढिरेहको बताउँदै डोजर अप्रेटर निमा लामाले छेउको जग कमजोर भएकाले त्यसको कुनातर्फ सडक खोल्ने प्रयास गरिएको जानकारी दिनुभयो ।
सडक अवरुद्ध भएपछि मानसरोवर कैलाश जाने भारतीय तीर्थयात्रुलाई समेत कठिनाई भएको छ । अहिले उनीहरु स्याफ्रुवेशीबाट हेलिकोप्टर चार्टर गरेर मानसरोवर कैलाश आवतजावत गर्न थालेको छ । आज मात्र चार वटा उडान भरेको श्री एयरले जनाएको छ ।
आँशिक रुपमा धुञ्चे क्षेत्रको पहिरो खोली पठाइएको मिनी ट्रक टिमुरेतर्फ जाँदै गर्दा आज अपराह्न टिमुरेको तातोपानी क्षेत्रमा आएको पहिरोमा परी त्यसमा सवार चार जना घाइते भएका छन् । घाइतेमध्ये केहिको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।
क्याटेगोरी : विशेष
ट्याग : #सडक अवरुद्ध
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्