टौदहमा मेला

कीर्तिपुर नगरपालिकामा रहेको टौदहमा नागपञ्चमीका अवसरमा आज मेला लागेको छ ।
कर्कोटक नागको बासस्थानको रूपमा परिचित उक्त दहमा प्रत्येक वर्ष काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रबाट पूजा गर्न आउने भक्तजनको भिड लागेको छ । भक्तजनले दूबो, फूल, अक्षतालगायत सामग्रीले नागलाई पूजा गरी दूधको अर्घ दिने र दूधबाट बनाइने विशेष परिकार तथा बारीमा फलेको नयाँ फल चढाउने गर्छन् । साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी सर्पको पूजा गर्ने दिन हो ।
नागपञ्चमीमा उक्त स्थानमा आएर नागका अष्टकूल अर्थात अनन्त, वासुकी, पद्य, महापद्य, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको पूजा आराधना गरेमा घर परिवारमा नागको भय नहुने र लक्ष्मीको बास हुने जनविश्वास रहेको स्थानीयवासी किरण केसीले बताउनुभयोे । यहाँ साँझसम्म नागको पूजा गर्न भक्तजन आउने उहाँले जानकारी दिनुभयो ।
पानी र वर्षाका देवताका रूपमा पूजा गरिने नागको संझनामा आज दिनभर व्रत बस्ने र सूर्यास्त भएपछि नागको पूजा गरी खीर खाने गरिन्छ ।
नक्सालको नागपोखरी, ललितपुरस्थित धापाखेलको नागदह, भक्तपुरको सिद्धपोखरीलगायत देशका विभिन्न नागदहमा आज मेला लागेको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #टौदहमा मेला
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्