घुससहित यातायातका कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय रुपन्देही बुटवलमा कार्यरत मेकानिकल इञ्जिनियर सरोजकुमार शाहलाई रु २० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।
नयाँ सवारी साधन दर्ताका क्रममा साहले सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने अभियोगमा आयोगको टोलीले पक्राउ गरेको हो । आरोपी साहको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
यस्तै आयोगले आजै धोविनी गाउँपालिका पर्सामा कार्यरत नायब सुब्बा एनामुल अन्सारी र लेखापाल कृष्णनन्दन राय यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उहाँहरु विरुद्ध सडक ढलान र नाला निर्माण सम्पन्न भएपश्चात् रकम भुक्तानी दिँदा रु एक लाख १० हजार घुस मागेको अभियोग लागेको छ । आयोगको टोलीले नायब सुब्बा अन्सारी र लेखापाल यादवलाई घुस लिँदालिँदै कार्यालय परिसरबाटै केही दिन पहिले पक्राउ गरेको थियो ।
क्याटेगोरी : विशेष
ट्याग : #यातायातका कर्मचारी
धेरै पढिएका
- १टोखामा १४ हजार १८६ मत गन्दा कसले लिए अग्रता ?
- २प्यूठानको गौमुखीमा गठबन्धनले नैतिक पतन भएका गिरीलाई उम्मेदवार बनाएपछि
- ३तारकेश्वरको मेयरमा कांग्रेसको तर्फबाट कृष्णहरि मर्हजनको चर्चा , अरु को को ?
- ४टोखा अपडेट : कस्तो छ मेयरको मत परिणाम ?
- ५तारकेश्वरको काभ्रेस्थलीबाट पक्राउ परेकी महिला मानव बेचविखन गरेको आरोपमा जेल चलान
- ६यि हुन टोखामा मेयर अधिकारीले पाँच बर्षमा गरेका १३ महत्वपूर्ण काम
- ७अपडेट : यस्तो छ तारकेश्वर वडा नं १ को पछिल्लो मत बिवरण
- ८अपडेट : यस्तो छ तारकेश्वर वडा नं ३ को पछिल्लो मत बिवरण
तपाईको कमेन्ट लेख्नुहोस्