ललितपुर महानगरपालिका र निर्देशनालय बीच ढल् निकास आयोजना सम्बन्धी सम्झौता

ललितपुर, श्रावण । ललितपुर महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी लिमिटेड – आयोजना कार्यान्वयन निर्देशनालय बिच ढल् निकास आयोजना सम्बन्धी एक सम्झौता सम्पन्न भएको छ । महानगरपालिका र निर्देशानालय बिच ललितपुर महानगरपालिका क्षेत्र भित्र पर्ने लगनखेल देखी पाटन दरबार क्षेत्र हुँदै शंखमुल स्थित युएन पार्क सम्मको खन्डमा ब्यबस्थित ढल् निकास कार्यका लागि आपसी सहयोग र समन्वय गर्ने गरी सम्झौता भएको हो ।
सोमबार महानगरपालिकामा आयोजित कार्यक्रम माझ् आयोजना सम्बन्धी सम्झौतापत्र मा ललितपुर महानगरपालिकाका तर्फ बाट मेयर चिरिबाबु महर्जन र काठमाडौं उपत्यका खानेपानी लिमिटेड – आयोजना कार्यान्वयन निर्देशनालयकातर्फ बाट आयोजना निर्देशक तिरेश प्रसाद खत्रीले हस्ताक्षर गरेका छन् ।
कुल ४८ करोड लागतमा निर्माण सम्पन्न हुने जनाइएको सो आयोजना आगामी जनवरी देखी कार्यन्वयनमा आई अठार महिना भित्रमा ढल् निर्माण कार्य सम्पन्न गरिसकिने जनाइएको छ। त्यसो त उक्त आयोजनाका लागि लागत रकमको २० प्रतिशत हिस्सा ललितपुर महानगरपालिका र ८० प्रतिशतको लागत खर्च एडीबीको सहयोगमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड – आयोजना कार्यान्वयन निर्देशनालयले बेहोर्ने जनाइएको छ।
उक्त सम्झौता पस्चात् कार्यक्रमलाई सम्बोधन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भने ‘यस आयोजनाले लगनखेल देखी महानगर क्षेत्र भित्र पर्ने पर्यटकिय एबम पुरातत्विक महत्वको पाटन दरबार क्षेत्र हुँदै शंखमुल सम्म बर्सौ देखी समस्याको रुपमा रहदै आएको ढल् निकासको संकट समाधान हुनेछ, साथ्-साथै यस् बाट ब्यबस्थित शहरीकरणमा टेवा मिल्ने छ।’
क्याटेगोरी : विशेष
ट्याग : #ललितपुर महानगरपालिका
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्