नेपाल तान डोरी संघको दोश्रो अधिबेशन सम्पन्न,अध्यक्षतामा पौडेल निर्विरोध चयन

काठमाडौँ । नेपाल तान डोरी संघको दोश्रो अधिबेशनले भवानी प्रसाद पौडेलको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।
उपाध्यक्षमा सूर्यबहादुर भट्टराई र सुभाषश्री पोखरेल, महासचिवमा केशवराज गौतम, सचिवमा अजय रानाभाट तथा कोषाध्यक्षमा शिवभक्त सैंजु रहेका छन् ।
सन्तोषकुमार पौडेल, जेशिका चेमजोङ, रञ्जु सिग्देल, डिलाराम अर्याल, शैलज नेपाल, भोजराज दाहाल, खड्गबहादुर बोहरा, दीपकराज चालिसे, रोशन कुँवर र डा.नवराज पन्त सदस्यमा चयन भए ।
नेपाल तान डोरी संघको दोश्रो अधिबेशनको कार्यसमिति बैठकले केहिलाई कार्यसमिति सदस्यमा मनोनित समेत गरेको छ । मनोनित केन्द्रीय उपाध्यक्षमा मदन खरेल र सदस्य तथा प्रचारप्रसार बिभाग प्रमुखमा बरिष्ठ पत्रकार मुकुन्द ढुंगानालाइ चयन गरिएको छ ।
नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले प्रमाण पत्र प्रदान गरेका थिए ।
क्याटेगोरी : विशेष
ट्याग : #तान डोरी संघ
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्