सत्यश्वर महादेवको मन्दिरमा शिवपुराण महायज्ञ सञ्चालन

काठमान्डौँ । हिन्दु धर्ममा आस्था राख्नेहरुका लागि श्रावण महिनाको महिमा विशेष छ । यस विशेष महिनामा नीलकण्ठ नारायण र नीलकण्ठ शिवजीलाई पूज्ने हाम्रो परम्परा रहदै आएको छ । यहि पावन महिनाको अवसरमा सातदोवाटो स्थीत चक्रपथबाट नजिकै सत्यश्वर महादेवको मन्दिरमा श्रावण महिना तथा बोलवम शिवपुराण महायज्ञ सञ्चालन गरिएको छ । यहि श्रावण १४ गते देखि सुरु भएको महायज्ञ २४ गते समापन गरिने छ ।
समस्थ हिन्दु धर्ममा आस्था राख्ने भक्तजनहरुलाई श्रावण महिनाको महिमा र नीलकण्ठ शिवजीको पुजा आराधना र कथा वाचन गरेर सुनाउनु यस यज्ञको उद्येश्य रहेको श्रावण महिना तथा बोलवम शिवपुराण महायज्ञ सञ्चालक समितिका संयोजक पुर्शोत्तम कार्किले बताउनु भयो । शिव पुराण सबै पुराणको पनि सर्वपुराण भएको हुदा यसको सबैभन्दा महत्व रहेको प्रमुख वाचक प। ज्यो। रविन्द्र पराजुलीले बताउनु भयो ।
यस शिवपुराणमा पाठ वाचनका साथै शिव भगवानका कथाहरु सुनाउदै आएको पराजुलीले जानकारी दिनुभयो । श्रामण महिनामा शिवपुराण श्रवण गरि पुण्य लिन भक्तजनहरुलाई प। ज्यो। डा। रुद्रनाथ अधिकारीले आग्रह गर्नुभयो । एघार दिन सम्म सञ्चालनमा रहने यस यज्ञको आज पाचौ दिन सम्म दर्शनार्थी भक्तजनहरु आउने क्रम बढिरहेको सञ्चालक समितिका कोषाध्यक्ष विश्णु घिमिरेले बताउनु भयो ।
यस मन्दिरमा शिवपुराण श्रवण गर्न आउने सबै भक्तजनहरुको लागि बस्न, प्रसादि ग्रहण गर्ने लगायतका सम्पुर्ण व्यवस्थापन गरिएको सञ्चालक समितिका सचिव स्याम राउतले जानकारी दिनुभयो । आगामि सोमवार शिवको कथामा आधारीत कथा र झाकि पनि प्रस्तुत गर्ने योजना रहेको सञ्चालक समितिका संयोजक पुर्शोत्तम कार्किले जानकारी दिनुभयो ।
क्याटेगोरी : विशेष
ट्याग : #सत्यश्वर महादेव
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्