साहित्यकार खगेन्द्र पाठक सम्मानित

पुकार तिमलसिना / रामेश्वर ढकाल
काठमाडो साउन १२ । बिश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान बेलायत च्याप्टरका अध्यक्ष खगेन्द्र पाठक सम्मानित भएका छन ।
काठमाडौमा आयोजना गरिएको एक भब्य समारोहबिच पाठकलाई सम्मान गरिएको हो ।
पाठकले लामो समय बेलायतमा बसेर नेपाली भाषा , कला , साहित्य र नेपाली बाङ्खमयलाई संरक्षण ,सम्बद्र्धन एवं अन्र्तराष्ट्रिय बजारमा प्रर्बद्धन गर्दे आएका हुन । नेपाली कला साहित्यको प्रखर ब्यतिmत्व पाठकले नेपाली भाषा , साहित्यको संरक्षणका लागी लण्डनमा स्कूल संचालन समेत गरेका छन ।
बिश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान केन्द्रिय कार्य समितिद्धारा आयोजित कार्यक्रमा प्रमुख अतिथि प्राज्ञ.डा उषा ठाकुर एवं अन्य अतिथिमा पूर्व मन्त्रि हरि न्यौपाने ,पूर्व निर्वाचन आयुत डा.रामभक्त ठाकुर , पूर्व राजदुत प्रलाद प्रसाई , किशोर उप्रेदी , समाजसेवी लक्ष्मी प्रसाद प्रसाइ रहेका छन ।
संस्थाकी सचिब कोपीला शिवाकोटीद्धारा संचालित सो कार्यक्रममा नेपाली कला साहित्यप्रेमीहरुको बाक्लो उपस्थितीका माझ कविता बाचन समेत भएको थियो ।
कार्यक्रममा पूर्व मन्त्रि हरि न्यौपानेले कविता मार्फत सम्मानित पाठकलाई शुभकामना ब्यतm गरेका थिए भने पूर्व राजदुत प्रलाद प्रसाईले नेपाली कला , साहित्यको प्रर्बदनका लागि बिश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको महत्वपूर्ण भुमिकाको चर्चा गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा उषा ठाकुले नेपाली भाषा ,बाङ्गमयको संरक्षणका लागी सबै नेपाली लाग्नु पर्नेमा जोड दिइन ।
सम्मानित भएका खगेन्द्र पाठकले आफु बिदेशमा रहदा अझ नेपाली पन बढेको र नेपाली साहित्यमा योग्दान पुराउने श्रष्टाहरुको बार्षिक सम्मानका लागि हाल चार जनाबाट सुरु गरिएको पुरस्कारको ब्यवस्थालाई बढाएर कम्तिमा ५० जना सम्म पुराउने लक्ष्य रहेको बताए ।
कार्यक्रमका सभापति एवं बिश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गापीकृष्ण प्रसाइले बिश्वभर छरिएर रहेका नेपाली साहित्यप्रेमीहरुलाई संस्थामा गोलबन्द गर्दे सृजनात्मक एवं रचनात्मक कार्य गर्दे अघि बढ्दै आएको बताए ।
क्याटेगोरी : विशेष
ट्याग : #खगेन्द्र पाठक, #बिश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्