सबै विद्यालयबाट अस्थायी शिक्षक हट्ने

सरकारलाई वषौंदेखि टाउको दुखाइको विषय बनेको विद्यालय तहका अस्थायी शिक्षकको समस्या यस वर्षदेखि पूर्ण रुपमा समाधान हुने भएको छ । अस्थायी शिक्षकको समस्या समाधान भएसँगै विद्यालय शिक्षाको सिकाइ स्तर उकासिने शिक्षा मन्त्रालयको विश्वास छ ।
अहिले सार्वजनिक विद्यालयमा शिक्षकको दरबन्दी १ लाख ७ हजार छ । यसमध्ये करिब ७० हजार शिक्षक मात्र दरबन्दीमा कार्यरत छन् । अन्य शिक्षक अस्थायी दरबन्दीमा कार्यरत छन् । अस्थायी दरबन्दीमा कार्यरतलाई प्रक्रिया पुर्याएर स्थायी गरिनुपर्ने, सेवाको सुनिश्चितता गरिनुपर्ने लगायत माग राख्दै शिक्षक आन्दोलनमा थिए ।
अन्नपूर्ण लेख्छ– जसका कारण विद्यालय तहको पढाइसमेत प्रत्यक्ष रुपमा प्रभावित भएको थियो । सेवाको सुनिश्चितता नभएका कारण शिक्षकले पढाइमा समेत ध्यान दिन सकेका थिएनन् । माग पूरा गराउन उनीहरुले राजधानी तथा जिल्लाकेन्द्रित आन्दोलत सञ्चालन गर्दा विद्यालयको पढाइ लथालिंग बनेको थियो ।
यस्ता शिक्षकलाई आन्तरिक प्रतिष्पर्धाबाट स्थायी गराउन शिक्षक सेवा आयोगले परीक्षासमेत सञ्चालन गरिसकेको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #अस्थायी शिक्षक
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्