डा केसीको माग बारेको संवाद सकारात्मक

अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीको माग सम्बोधन गर्ने विषयमा अनौपचारिक संवाद शुरु भएको छ ।
सरकारको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले संवाद प्रक्रिया शुरु गर्नुभएको हो ।
उपनेता नेम्वाङले डा केसीको वार्ता टोली र सरकारी पक्षसँग आज विभिन्न चरणमा छलफल गर्नुभयो । उहाँले डा केसीका मागका विषयमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटासँग र माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमासँग पनि छलफल गर्नुभएको थियो ।
नेकपाको संसदीय दलको कार्यालयमा भएको छलफल अत्यन्त सकारात्मक बनेको नेता नेम्वाङले राससलाई जानकारी दिनुभयो ।
“डा केसीका मागलाई कसरी टुंगोमा पु¥याउने भन्नेबारे सम्बन्धित पक्षसँग विभिन्न चरणमा छलफल भएको छ, सरकारी वार्ता टोलीले यो विषयलाई लचकताका साथ टुंगोमा पु¥याउँछ, हामी बाहिर जो जहाँ छौँ सबैले सहयोग गरौँ भन्ने आग्रह गरियो”–उहाँले भन्नुभयो ।
नेता नेम्वाङले संविधान, कानून र स्थापित अभ्यासलाई भत्कन नदिन संसद्मा दर्ता भएको विधेयक उपर छलफल, समायोजन र परिमार्जन गरी डा केसीका मागमा लचिलो ढंगले सम्बोधन गर्न सरकार तयार रहेको प्रतिबद्धता दिलाउनुभएको थियो ।
सरकारको उक्त धारणाप्रति डा केसी पक्षका वार्ता टोलीले सकारात्मक प्रतिक्रिया जनाउँदै विधेयकमाथिका टिप्पणी र संशोधनसम्बन्धी विषय समेटिएको लिखित प्रतिवेदन नेता नेम्वाङलाई दिएको थियो ।
“हिजो विधेयक नै फिर्ता लिनुपर्ने अडानमा रहेको डा केसी पक्ष आजको छलफलमा विधेयकलाई समायोजन परिमार्जन गरेर जान सहमत हुनु सकारात्मक प्रगति हो,”–नेता नेङवाङले भन्नुभयो ।
उहाँले डा केसी पक्षसँग भएको छलफललगत्तै सरकारी वार्ता टोलीलाई संसदीय दलको कार्यालयमै बोलाएर छलफलमा उठेका विषय र योजनाबारे जानकारी गराएको र सोही आधारमा सरकार र केसी पक्षबीच वार्ताले सार्थकता पाउनेमा विश्वास व्यक्त गर्नुभयो ।
यसअघि दिउँसो नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग डा केसी पक्षसँग भएको छलफल र अनसन कसरी सुल्झाउन सकिन्न भनेर ‘ब्रिफिङ’ गर्नुभएको थियो ।
यसैबीच प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डले दिउँसो डा केसीका माग सम्बोधनबारे माथेमा र डा बाँस्कोटालाई बालुवाटारमै बोलाएर चिकित्सा शिक्षाको सुधारबारे छलफल गर्नुभएको थियो ।
क्याटेगोरी : विशेष
ट्याग : #डा केसी
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्