स्वास्थ शिक्षाको राष्ट्रियकरण गर्ने सत्तारुढ दलका युवा विद्यार्थीको माग

शिक्षा, स्वास्थ्य तथा अत्यावश्यकीय सेवाका क्षेत्रमा भएको नीजिकरणका असर न्युनीकरण गर्दै संविधानमा उल्लेख भएअनुसार समाजवादको बाटोमा हिँड्न सत्तारुढ दल नेकपासंग आबद्ध युवा तथा विद्यार्थी संगठनले माग गरेका छन् ।
आइतबार नयाँ वानेश्वरमा बसेको संयुक्त वैठकबाट अनेरास्ववियु अध्यक्ष नविना लामा, अनेरास्वविसयु क्रान्तिकारीका अध्यक्ष रन्जित तामांग, युवा संघ नेपालका अध्यक्ष रमेश पौडेल र वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले हस्ताक्षर गरी ९ बुँदे विज्ञप्ती जारी गरी शिक्षा र स्वास्थ्य सेवामा संलग्न सम्पूर्ण संस्थालाई तत्काल राष्ट्रियकरण वा गैर नाफामुखी ट्रष्टमा रुपान्तरण गर्न आग्रह गरेका छन् ।
सबै प्रदेशमा सुविधासम्पन्न चिकित्सा शिक्षालय लगायतको स्थापना गर्न समेत माग गर्दै संगठनहरुले गोविन्द केसी प्रकरणलाई वार्ताबाट समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । विद्यार्थी बेच्ने नेम भाइब्रेण्ट लगायतका संस्थाहरुलाई छानवीन गरी कार्वाही गर्न पनि संगठनहरुले आग्रह गरेका छन् ।
यस्तो छ ज्ञापन पत्र
क्याटेगोरी : विशेष
ट्याग : #युवा विद्यार्थीको
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ७झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्