Techie IT
शुक्रबार, फागुन १४,२०७७

चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ


चितवन । नेपाल प्रहरीका (प्रहरी महानिरीक्षक) शैलेश थापा क्षेत्रीले आर्थिक अनियमितता गर्ने जोकोही भए पनि त्यस्ता प्रहरी कर्मचारीलाई कुनै पनि हालतमा नछाड्ने बताइरहदा संगठनमा भने घुुुस लिने परम्पराले अझै पनि निरन्तरता पाइरहेको छ ।

गत, पौष २१ गते रातोमाटे चेकपोस्टबाट दुइ जना प्रहरी हवल्दार सहित एक जना प्रहरी जवान नगद पाँच सय रुपैयाँ घुस सहित रंगेहात पक्राउ परेको १५ दिन नबित्दै चितवनमा तीन जना प्रहरी २ हजार १५० रुपैयाँ घुससहित पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कायारर्त प्रहरी हवल्दार लोक बहादुर धर्ती मगर, महिला प्रहरी जवान जमुना खड्का र वर्डा प्रहरी कार्यालय नारायणगढमा कायारर्त प्रहरी जवान पुर्ण रस्मी मगर रहेका छन् । उनीहरुलाइ रातभर हिरासतमा राखी आज बिहान मात्रै छाडिएको छ ।

“निलम्बित प्रहरी कर्मचारीहरु”
स्रोतका अनुसार हवल्दार लोकबहादुर एक बर्ष अगाडी मात्रै चितवन ट्राफिक आएका थिए भने, अर्का महिला प्रहरी जवान जिल्ला प्रहरी कार्यालय चितवन दरबन्दी भइ जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा खटिदै आएकी थिइन् । उनी दुइ बर्ष देखि चितवन ट्राफिकमै कायारर्त रहेका थिए । पक्राउ परेकाहरुलाइ वाग्मती प्रदेश प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले पार्किङ निषेध तथा रोक्न निषेध गरेको स्थानमा पार्किङ गरे वापत अटो रिक्सा, म्याजिक भ्यान लगायतका सवारी चालकहरुसँग रकम लिइसकेको अवस्थामा (हिजो) मंगलबार साँझ अन्दाजी ७ बजे नारायणगढको पुलचोकबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरु निलम्बन भइसकेका छन् । पैसा संंकलनका लागी सवारी साधनका चालकहरुले पुलचोकको कालीगण्डकी किराना पसलका सञ्चालक राजेन्द्र पराजुलीलाई जिम्मा दिने गरेका थिए । उनलाई समेत नियन्त्रणमा लिइएको छ ।

घुस दिने छाहारी यातायात व्यवसायी समितिका अरुण गुरुङ, नारायणी यातायात व्यवसायी समितिका एकनाथ ढुङ्गाना र दीपक खड्की रहेका छन् । यस्तै, केरुङ यातायातका छिरिङ लामालाई प्रहरीलाई घुस दिएको अभियोगमा पक्राउ गरी पाँचै जनालाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरिएको मकवानपुरका वरिष्ठ प्रहरी उपरीक्षक (प्रवक्ता) मिरा चाैधरीले बताइन् ।

एसपी नान्तीराज गुरुङ, प्रदेश प्रहरी प्रमुख वसन्त लामा र आइजी शैलेश थापा क्षेत्री

यता, चितवन जिल्लामा पछिल्लो समय घुसको अखडाले निरन्तरता पाउँदै गएको छ । चितवनको प्रहरी प्रमुखको नेतृत्व असक्ष्म्ताका कारणले नै घुस आतंकले निरन्तरता पाउदै गएको हो । केही दिन अगाडि मात्रै जिल्ला प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङका बिश्वासपात्र तीन जना घुमुवा प्रहरी हेड्क्वाटर नै तानिए । उनीहरुमाथी अहिले छानबिन प्रक्रिया चलिरहेको छ ।

अनुसन्धानको सिलसिलामा रहेको टोलीलाइ गृहको आदेशले हेड्क्वाटर तानेर छानबिन थालेको हो । हिजो मंगलबार पुनः एकैपटक तीन जना प्रहरी घुस सहित प्रदेशको फन्दामा पर्नुले पनि चितवनमा पुलिसिङ्को अवस्था कस्तो छ र जिल्लाको नेतृत्वले कसरी आफ्नु जिम्मेवारी सम्हालिरहेका छन् भने यस्ले थप पुष्टि गरेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष
ट्याग : #breaking, #चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्