‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई अमेरिकामा सम्मान

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले पु¥याएको क्षति र भूकम्पमा परी बाँच्न सफल व्यक्तिसम्बन्धी बनाइएको बहुचर्चित बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ लाई अमेरिकामा पुरस्कृत गरिएको छ ।
अमेरिकी सरकारको न्यूजर्सी सिटी काउन्सिलले हालै बृत्तचित्रका निर्देशक गणेश पाण्डेलाई सम्मान गरेको हो । नेपालको भूकम्पका विषयमा बहुचर्चित फिल्म बनाएर विश्वको ध्यान नेपालमा खिच्न सफल भएको र १७ वटा अवार्ड जितेको भन्दै निर्देशक पाण्डेलाई सम्मान गरिएको न्यू जर्सी सिटी काउन्सिलका प्रेसिडेन्ट रोलान्डो लाभारोबाट हस्ताक्षरित सम्मानपत्रमा उल्लेख छ ।
न्यूजर्सी सिटीकी सल्लाहकार डा विष्णुमाया परियारले न्यूयोर्कमा आयोजित ‘भाग्यले बाँचेकाहरु’को प्रदर्शनीमा प्रेसिडेन्ट लाभारोका तर्फबाट निर्देशक पाण्डेलाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा युएस नेपाल डटकमका सम्पादक प्रदीप थापा मगर र युनाइटेड शेर्पा एशोशियशनका अध्यक्ष उर्गेन शेर्पाले अमेरिकामा रहेका नेपालीलाई ‘भाग्यले बाँचेकाहरु’ बृत्तचित्रले विदेशमा रहेका नेपालीलाई निकै भावुक बनाएको बताउनुभयो ।
विश्वका ३२ भन्दा बढी देशमा प्रदर्शन भइसकेको यो वृत्तचित्र १३ वटा अन्तर्राष्ट्रिय भाषामा अनुवाद भइसकेको बताइएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #भाग्यले बाँचेकाहरु
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्