धरहरा पुननिर्माणमा पनि चलखेल, यस्ताे छ वास्तविकता

२०७२ बैसाख १२ को महाबिनासकारी भुकम्पबात पूर्णरुपमा भत्केको एतिहासिक सम्पदा धरहरा सरकारले आफ्नै श्रोतबात पुननिर्माण गर्ने भनिएता पनि निर्माण कम्पनि बीच नै चलखेलको खुलासा भएको छ ।
नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत ०७५ /२ /४ मा सर्वोजनिक खरिद नियमावली २०६४ मा व्येबस्था भए बमोजिम सुचना प्रकाशित गरि पुननिर्माण कार्येमा नेपाल निर्माण व्यबसायीको प्रतक्ष तथा अनिवार्य संलग्नता रहनेगरी अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान भएको थियो । सो बमोजिम रमण कन्ष्ट्रक्सन लगाएत लामा कन्ष्ट्रक्सन ,कालिका कन्ष्ट्रक्सन ,रसुवा कन्ष्ट्रक्सन ,आशिष निर्माण सेवा ,तथा कुमार श्रेष्ठ कन्ष्ट्रक्सन गरि ६ वटा कंपनीले विभिन्न चाइनिज कम्पनि संग साझेदारी गरि बोलपत्र दाखिला भएको थियो ।
सार्बोजनिक खरिद निर्माणमा व्येबस्था गरिए बमोजिम पेश हुन आएका बोलपत्रहरुको प्राविधिक मुल्यांकन गरि पेश भएका ६ बोलपत्र दाताहरुमध्ये रमण कन्ष्ट्रक्सन को साझेदारी कम्पनि समेत गरि ५ वटा कम्पनीलाई प्राविधिक प्रस्ताव सारभूत रुपमा प्रभावग्राही भइ नेपाल सरकार ,राट्रिय पुननिर्माण प्राधिकरणले असार २६ आइतबार आर्थिक प्रस्ताव खोल्ने सुचना जारि गरेको थियो ।
प्राविधिक रुपमा सफल भएको भनिएको रसुवा कन्ष्ट्रक्सनले आफ्नो प्रास्ताव अस्वीकृत गराउने चलखेल भएको भनि आइतबार एक पत्रकार सम्मेलन गरि प्राधिकरणले आर्थिक प्रस्ताव नखोलीनुलाई भित्रि रुपमा चलखेल भएको भनि सार्वोजनिक खरिद प्रकृयामा बाधा सिर्जना गरेको भन्दै आपत्ति जनाएको छ ।
प्रतिस्पर्धी रसुवा कन्ष्ट्रक्सनले विभिन्न शक्तिको आडमा आफुलाई पछाडी हट्न दाबाब दिएको भन्दै विभिन्न चलखेल गरि २६ आइतबार खोलिने भनिएको आर्थिक प्रस्ताव खोल्न नदिने उदेश्यले भ्रामक रुपमा विविन्न निकाएमा उजुरी गरेको रमण कन्ष्ट्रक्सन प्रा .लि.का कार्येकारी निर्देशक रमण महतोले बताए ।
निर्देशक महतोले ठुला निर्माण कंपनीले आपसी मिलोमतोमा विभिन्न ठुला परियोजनाहरुको बोलपत्र दाखिला गर्दा उच्च दर रेटमा बोलपत्र पेश गरि एक आपसमा भागबन्डा गरि ठेक्का लिइ निर्माण कार्य अघि बढाई रहेको र राज्यको ढुकुटी रित्याउने तथा राज्यलाई अरवौको नोक्सानी पुर्याउने काम भैरहेको खुलासा गरे ।
धरहरा पुननिर्माण निर्माण कार्येमा समेत यी कम्पनिहरुको आपसि मिलोमतो गरि आफ्नो कम्पनिको बोलपत्र अस्वीकृत गराउन चलखेल रहेको र कमिसन र मिलोमतो गर्दै आफुहरुको भन्दा निकै उच्च दररेटमा हातपार्न कसरत गरेको महतोको भनाइ रहेको छ । रमण कन्ष्ट्रक्सनले नया बन्न लागेको धरहरा को लागत ४ अर्व ९१ करोड लागत हुने बताएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #hot
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्