रिच कलेजका निशान्त ल्यामो मगरले पाए कलेज सेफ आईकन’को उपाधि

काठमाडौं, २८ असार । नेपालमा पहिलो पटक आयोजना गरिएको कुकिङ रियालीटी शो ‘कलेज सेफ आईकन’को उपाधि रिच कलेजका निशान्त ल्यामो मगरले जितेका छन् ।
उपाधिसँगै निशान्तले १६,८२६ मत प्राप्त गर्दै आरती राईस, पब्लिक च्वाईस भोटिङ अवार्डका साथै शीर्ष विधा र पब्लिक च्वाईस अन्तर्गत क्रमश ५० हजार र ३५ हजार नगद राशीको पुरस्कार र अन्य गिफ्ट ह्याम्पर समेत प्राप्त गरे ।
यसैगरी उक्त प्रतियोगिताको फस्ट रनरअप पोखरास्थित नेपाल टुरिजम होटेल म्यानेजमेण्ट कलेजकी बिनीता खत्री बनिन् । उनले १४,१७३ भोट प्राप्त गर्दै आरती राईस, पब्लिक च्वाईस भोटिङ अवार्डको फस्ट रनरअप समेत भइन् ।
त्यस्तै मदन आश्रीत टेक्निकल स्कुलकी अस्मिता दाहालले सेकेण्ड रनरअपको उपाधि हात पारिन भने पब्लिक च्वाईस भोटिङ अवार्डको सेकेण्ड रनरअप एनसिसिएस कलेजका कृष्ण तामाङ बने ।
मंगलबार राति सम्पन्न प्रतियोगिताका अन्य प्रतिस्पर्धीहरुलाई पनि विभिन्न विधामा पुरुस्कृत गरिएको थियो । प्रतियोगिताका विजेतालाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा। महेन्द्र विष्ट, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड संचालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धर लगायतले पुरस्कार वितरण गरेका थिए ।
नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको कुकिङ रियालीटी शो कलेज सेफ आईकनको आयोजना ग्लोरी मिडिया र स्नेहा ट्राभल मिडिया नेपालले गरेका हुन् ।
सगतानी एक्जीमको प्रस्तुती रहेको उक्त कुकिङ रियालीटी शो कलेज सेफ आईकन कार्यक्रमको सम्पादन एग्रील्याण्ड नेपाल प्रा।लि। मा सम्पन्न गरिएका हो ।
क्याटेगोरी : विशेष
ट्याग : #कलेज सेफ आईकन
धेरै पढिएका
- १टोखामा १४ हजार १८६ मत गन्दा कसले लिए अग्रता ?
- २प्यूठानको गौमुखीमा गठबन्धनले नैतिक पतन भएका गिरीलाई उम्मेदवार बनाएपछि
- ३तारकेश्वरको मेयरमा कांग्रेसको तर्फबाट कृष्णहरि मर्हजनको चर्चा , अरु को को ?
- ४टोखा अपडेट : कस्तो छ मेयरको मत परिणाम ?
- ५तारकेश्वरको काभ्रेस्थलीबाट पक्राउ परेकी महिला मानव बेचविखन गरेको आरोपमा जेल चलान
- ६यि हुन टोखामा मेयर अधिकारीले पाँच बर्षमा गरेका १३ महत्वपूर्ण काम
- ७अपडेट : यस्तो छ तारकेश्वर वडा नं १ को पछिल्लो मत बिवरण
- ८अपडेट : यस्तो छ तारकेश्वर वडा नं ३ को पछिल्लो मत बिवरण
तपाईको कमेन्ट लेख्नुहोस्