जमराको जुस उत्पादन,क्यान्सर रोगका बिरामीलाई फाइदा हुने

दाङको घोराहीमा अर्गानिक जमराको जुस उत्पादन शुरु भएको छ ।
काठमाडौँको जोरपाटीस्थित सीता अर्गानिक एग्रो प्रालिले घोराहीको रतनपुरमा शाखा कार्यालय खोलेर अर्गानिक जमराको जुस उत्पादन शुरु गरेको हो । स्थानीयको माग र स्वास्थ्यको संवेदनशीलतालाई मध्यनजर गर्दै सो प्रालिले जमरा जुस उत्पादन शुरु गरेको हो ।
घोराहीमा शाखा सञ्चालनमा आएसँगै जमराको जुस खान आउने मानिसको संख्या बढ्दै गएको प्रालि प्रमुख बालिका लामिछानेले बताउनुभयो ।
प्रतिगिलास रु १२५ मा जुस बिक्री भइरहेको छ । यो जुसबाट मुटु, रक्तचाप, मधुमेह, थाइराइड, अल्सर, ग्याष्ट्रिक, क्यान्सर रोगका बिरामीलाई फाइदा हुने गरेको लामिछानेले बताउनुभयो । बिहान खाली पेटमा खाँदा शरीरमा प्राकृतिक ऊर्जा प्रदान गर्नुका साथै शरीरमा प्रोटिनको मात्रा बढाउन सकिने विश्वास छ ।
क्याटेगोरी : विशेष
ट्याग : #जमराको जुस
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्