अखिलको जिल्ला कमिटी चाँडै

काठमाडौँ, २९ असोज ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियूले एकताको कामलाई अन्तिम चरणमा पुगेको छ ।
अनेरास्ववियूले यहि साता जिल्ला कमिटीलाई पूर्णता दिन र स्थानीय तथा क्याम्पस कमिटीलाई मंसिर १५ गतेसम्म निर्माण गर्ने गरि काम अगाडि बढेको छ ।
अहिले अखिलको केन्द्रीय कमिटी मात्र निर्माण भएको छ ।
केही दिन अघि केन्द्रीय कमिटीका संयोजक ऐन महर र सहसंयोजक रन्जित तामागले सवै जिल्ला, विश्व विद्यालय, स्थानीय तह र क्याम्पस कमिटीलाई परिपत्र (सर्कुलर) जारी गरी एकता प्रक्रिया टुग्गोमा पुर्याउने निर्देशन दिनु भएको छ ।
अखिलका संयोजक महरले तल्लो तहका कमिटीलाई पूर्णता दिने गरि परिपत्र जारी गरिसकेको र सोही परिपत्र अनुसार अहिले एकताको काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार यसै साता जिल्ला कमिटीलाई पूर्णता पाउने छ । अखिलले यसअघि जिल्ला कमिटीका संयोजक र सहसंंयोजक तोकेर पठाइसकेको छ ।
अखिलले ५१ देखि ६१ जनासम्मको जिल्ला कमिटी बनाउने निर्देशन दिएको छ ।
संयोजक महरले परिपत्र अनुसार काम नगर्ने र सामानान्तर कमिटी बनाउने केन्द्रीय कमिटी सदस्यलाई कारवाही गर्ने बताउनुभयो ।
पार्टी एकता भएसंगै नेकपाको पार्टी एकता अझै टुग्गिएको छैन । यसअघि राष्ट्रिय युवा संघले मात्र जिल्ला र स्थानीय तहको एकता टुग्गाइसकेको छ ।
उहाँले जिल्ला, स्थानीय तह र क्याम्पस कमिटी टुग्गिएपछि प्रदेश, विश्वविद्यालय, केन्द्रीय कमिटीको वाँडफाँड र कार्यविभाजन टुग्याउने बताउनुभयो ।
अखिलमा अहिले ३३५ केन्द्रीय कमिटी रहेका छन ।
क्याटेगोरी : विशेष
धेरै पढिएका
- १टोखामा १४ हजार १८६ मत गन्दा कसले लिए अग्रता ?
- २प्यूठानको गौमुखीमा गठबन्धनले नैतिक पतन भएका गिरीलाई उम्मेदवार बनाएपछि
- ३तारकेश्वरको मेयरमा कांग्रेसको तर्फबाट कृष्णहरि मर्हजनको चर्चा , अरु को को ?
- ४टोखा अपडेट : कस्तो छ मेयरको मत परिणाम ?
- ५तारकेश्वरको काभ्रेस्थलीबाट पक्राउ परेकी महिला मानव बेचविखन गरेको आरोपमा जेल चलान
- ६यि हुन टोखामा मेयर अधिकारीले पाँच बर्षमा गरेका १३ महत्वपूर्ण काम
- ७अपडेट : यस्तो छ तारकेश्वर वडा नं १ को पछिल्लो मत बिवरण
- ८अपडेट : यस्तो छ तारकेश्वर वडा नं ३ को पछिल्लो मत बिवरण
तपाईको कमेन्ट लेख्नुहोस्