कर्णाली बन्द गराउदै गरेका बिप्लब कार्यकर्ता पक्राउ

नेपाल कम्युनिस्ट पार्टीले आज कर्णाली बन्दको आह्वान गरेको छ ।
शान्तिपूर्ण कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेर हवाई फायरिंग र नेता–कार्यकर्ता गिरफ्तार गरेको विरोधमा आज कर्णाली बन्दको घोषणा गरेको सो पार्टीका कर्णाली ब्यूरो इन्चार्ज एटम बिसीले बताउनु भयो ।
बन्दका कारण कर्णालीका रुकुम (पश्चिम भाग), सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला,कालिकोट, जाजरकोट, दैलेख र सुर्खेत जिल्लाको जनजिवन बिहानैबाट प्रभावित बनेको छ ।
यातायातका साधन सन्चालनमा आउन सकेका छैनन् भने शिक्षण संस्था पनि बन्द छन् ।
पार्टीको ‘एकीकृत जनजागरण अभियान’ को सिलसिलमा आयोजना गरिएको शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गरेर सरकारले फासिवादी हरकत गरेको भन्दै त्यसको विरुद्ध बन्दको आह्वान गरेको इन्चार्ज बिसीले बताउनु भयो ।
साँस्कृतिक कार्यक्रम चलिरहेको बेला प्रहरीले शनिवार हवाई फायर गर्नुको साथै अश्रुग्याँस प्रहार गरेको बिसिले बताउनु भयो । प्रहरीले पार्टीका मुगु इन्चार्जसहित आधा दर्जन नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #बिप्लब
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्