खुकुरी प्रहार गरी हत्या प्रयास

सिरहाको मिर्चैया नगरपालिका– ११ गदहवा निवासी एक युवकमाथि आज बिहान खुकुरी प्रहार गरी हत्या प्रयास भएको छ ।
मिर्चैया नगरपालिका–११ गदहवा निवासी २१ वर्षीय धीरज यादवमाथि पाँच÷छ जनाको समूहले खुकुरी प्रहार गरी हत्या प्रयास गरेका थिए । ती समूहको आक्रमणमा परी गम्भीर घाइते भएका यादवको मिर्चैयास्थित मंगलम हेल्थकेयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यादवको टाउकोमा २१ वटा टाँका लगाइएको छ भने शरीरभरि नीलडाम रहेको प्रहरीको भनाइ छ ।
आफ्नै घरमा सुतिरहेका बेला बिहान करिब २ बजेतिर आएका समूहले ढोका खोल्न लगाएर बाहिर बोलाई छोरामाथि आक्रमण गरेको घाइतेका बुबा हरि यादवले बताउनुभयो ।
सो घटनामा संलग्न रहेको आरोपमा स्थानीय तीन जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिनुभयो ।
क्याटेगोरी : विशेष
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्