Techie IT
शनिबार, असोज १०,२०७७

साङ्गलामा संचारकर्मी राजन नेपालको पहलमा गरिवको घर निर्माण


काठमाडौ । काठमाडौको तारकेश्वरमा संचारकर्मीको पहलमा गरिवका लागि घर निर्माण भएको छ ।

तारकेश्वर नगरपालिका वडा नं १ साङ्गलामा स्थनीय दुखी माइला श्रेष्ठलाई बस्ने घर निर्माण गरिएको हो ।

सोही नगरपालीका वडा नं १ ढकालचौर बस्ने संचारकर्मी एवं समाजसेवी राजन नेपालको पहलमा सो आवास गृह निर्माण भएको हो ।

आर.एन बुलन्द मिडियाका अध्यक्ष  समेत रहेका राजन नेपालले लक डाउनको समयमा समस्यामा परेका व्यक्तिहरूलाई राहत बाँड्ने क्रममा माइला श्रेष्ठको घरमा पुगेको र उहाँको दयनीय अवस्था देख्दा उनको घर बनाउने अठोट गरेको उनी बताउछन ।

यही लक डाउन को समय बीचमै अभियान चलाएर, घर निर्माण गरेर शनिबार माइला श्रेष्ठ घर हस्तान्तरण गरिएको छ ।

 

 

हस्तान्तरण समारोहका प्रमुख अतिथिका रुपमा नागरिक समूहका अध्यक्ष तथा बुलन्द आवाजका संरक्षक निगम हुमागाँई , बिशेष अतिथिका रुपमा किसान अभियान्ता एवं बुलन्द आवाजका सल्लाहकार संयोजक उद्धव अधिकारी , नवजिवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहाल , कलाकार तथा समता स्कुलका प्राचार्य अजय अधिकारी , स्थानिय जनप्रतिनिधिकाहरु अतिथिका रुपमा उपस्थित रहेका थिए ।

संचारकर्मी नेपालेको अगुवाईमा बिभिन्न दाताहरुसंग सहयोग उठाएर करिव ३,३७,५९५ रुपैयामा माइला श्रेष्ठको घर निर्माण सम्पन्न भएको छ ।

आफूले सपनामा पनि पक्का घरमा बस्ने नसोचेका माइला श्रेष्ठले संचार कर्मी नेपाललाई भगवान् बनेर प्रकट भएको उनी बताउछन । वर्षौंदेखि पुरानो र जीर्ण झुपडीमा बस्दै आएका श्रेष्ठ सुविधायुक्त घरमा बस्न पाउनेभए पछि खुशी प्रकट गरेका छन ।

 

 

माइला श्रेष्ठको पुरानो घर

 


क्याटेगोरी : विशेष
ट्याग : #राजन नेपाल, #साङ्गला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!