Techie IT
शनिबार, कात्तिक ८,२०७७

अतिक्रमित भुमिका विषयमा भारतिय प्रम गुजरालसंग कडा रुपमा प्रस्तुत भएका थिए त्यतिवेला नै गाैतम


काठमाडौ १० जेठ । विभिन्न राजनितिक दलका युवा नेताहरुले भारतद्धारा अतिक्रमण गरिएको नेपाली भूमि फिर्ता ल्याृउने जनजनमा जागरण ल्याउने श्रेय नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई जाने बताएका छन् । नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जालमा लेख्दै कालापानीका बारेमा जनजनमा जागरण ल्याउने श्रेय निःसन्देश नेता वामदेव गौतमलाई जाने बताएका हुन् ।

“महाकालीका बारेमा विवाद उत्पन्न भएपछि आफ्नो राजनीतिलाई नै दाउमा लगाउन पछि नपर्नुभएका गौतमले नै योगेश भट्टराईको नेतृत्वमा आफ्नो विद्यार्थी संगठनलाई कालापानी मार्चमा पठाएर जनतामा यो हाम्रो भूभाग होु भनेर चेतना ल्याउन ठूलो खतरा मोल्नुभएको थियो, ” उनले लेखेका छन् “ यो त कसैले भन्न चाहे पनि, नचाहे पनि सबैलाई थाहा भएकै कुरा भयो । ” उनले थाहा नभएको र चर्चा नभएको कुरा चाहिँ अर्कै छ भनेर कालापानीलाई भारतसँग कुरा गरेर पहिलो पटक विवादित भूमिु भन्नका लागि मञ्जुर गराउने पनि नेता गौतम नै रहेको बताएका छन् ।

“सन् १९९७ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दरकुमार गुजराल नेपाल आएका बेला वार्तामा कुरा उठाएर भारतले उपयोग गर्दै आएको हाम्रो भूमि( कालापानी र लिपुलेकलाई विवादित भूमिुका रुपमा भारतलाई स्वीकार गराउन लगाउने उहाँ नै भएको तथ्य अहिले भारतीयहरुले नै उल्लेख गरिरहेका छन् ।

उहाँकै प्रस्ताव वमोजिम गुजरालको भ्रमणपछिको संयुक्त वक्तव्यमा उक्त कुरा उल्लेख छ, उनले लेखेका छन् “ छिमेकीप्रति अलिकति सकारात्मक भावना राख्ने इन्दरकुमार गुजराललाई करिब करिब देशद्रोही जस्तै मान्ने भारतीय भावना उल्लेख भएको यस लेखमा त्यतिबेला वामदेव गौतमको प्रस्तावलाई ुहुन्नु भनिदिएको भए अहिले भारतले झमेला बेहोर्नु नै पर्ने थिएन भनेर कडिकडाउ गाली गरिएको छ ।

” नेता गौतमले नेकपाको सचिवालय बैठकमा नक्शा प्रकाशनका लागि आफूले नै प्रस्ताव गरेको कुरा यसअघि नै सार्वजनिक नै गरिसकेका छन् । तत्कालिन एमालेको सरकारबाट गौतमले उपप्रधान तथा गृहमन्त्री रहेका थिए । उनले त्यतिवेला प्रधानमन्त्री लोकेन्द्रवहादुर चन्दसंग पनि भारतीय पक्षले अतिक्रमण गरिएको भूमि फिर्ता गराउन कुटनीतिक पहलक गर्न दवाव दिएका थिए ।

यसैगरी राप्रपाका केन्द्रीय सदस्य उज्जल विक्रम थापाले पनि गौतमले भारतले अतिक्रमण गरिएको भूमि फिर्ता ल्याउने पहल त्यतिवेला नै नगरेकोले उनको योगदान विर्सन नहुने बताएका छन् ।

सामािजक सञ्जालमा उनले भारतीय प्रधानमन्त्री इन्द्रकुमार गुजरालसंग सन् १९९७ मा पनि भारतीय पक्षबाट अतिक्रमण गरिएको भूमि फिर्ता ल्याउने सवालमा सरकारको तर्फबाट उपप्रधानमन्त्री गौतमले कडा र निडर रुपमा प्रस्तुत गरेको कुरा उल्लेख गरेका छन् । उनले भारतद्धारा अतिक्रमण गरिएको भूमि फिर्ता ल्याउन यहाँसम्म आउनमा गौतमको योगदान विर्सन नमिल्ने बताएका छन् ।

“आफ्नो राष्टको माटो फिर्ता ल्याउने अभियानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुप लिएको छ । यहाँसम्म आउन र राष्टिय गौरवको कुरा निडर र कडा रुपमा नेपालको तर्फबाट १९९७ का भारतीय प्रधानमन्त्री आई के गुजरालको समक्षम प्रस्तुत गर्ने त्यो वेलाका नेपालका उपप्रधानमन्त्री वामदेव गौतमजी को योगदान यो देशले विर्सन मिल्दैन, ” उनले लेखेका छन्, “आज सिमा विवादको विभिन्न चरणमा नेपाल भारत बीच भएका वैठकहरु गौतमको कडा प्रस्तुत र प्रस्तावको कारण भएको हो । मेरो तर्फबाट नमन ।”


क्याटेगोरी : राजनीति
ट्याग : #वामदेव गौतम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!