Techie IT
आईतबार, फागुन १६,२०७७

गौतम एक योग्य र प्रधानमन्त्री बन्न लायक नेता : युवा नेता भट्टराई


काठमाडौ । नेकपाका युवा नेता खिमलाल भट्टराईले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई नेपाली राजनीतिको एक योग्य नेता हुनुहुन्छ र प्रधानमन्त्री बन्न लायक नेता रहेको बताएका छन् ।

आज सामाजिक सञ्जालमा उनले उपयुक्त समयमा उहाँ मुलुकको ४० औ प्रधानमन्त्री बन्ने कुरा लेखेका छन् उनले आज सामाजिक सञ्जालमा “कमरेड वामदेव सोझो मनको सवल नेता” भन्दै भविष्यमा प्रधानमन्त्रीको रुपमा चित्रण गरेका छन् ।

“हामी सबै सकारात्मक बनौ । उपयुक्त समयमा कमरेड वामदेव गौतम नेपाली जनताको पृय नेताकोरुपमा मुलुकको ४० औ प्रधानमन्त्री बन्नु हुनेछ ” उनले भनेका छन् “उहाँका सहकर्मी, सहयोद्धाहरु देशको प्रमुख कार्यकारी भईसक्नु भएको छ । शीर्ष तहमा उहाँ एक व्यक्तित्व बॉकी देखिनु भएको छ ।”

उनले वामदेव गौतमलाई सचिवालय वैठकले उपयुक्त समयमा प्रतिनिधि सभा चुनाव लडाउने र विजयीपछि उहाँलाई केपी ओली पछि प्रधानमन्त्री बनाउने जुन निर्णय गरेको त्यसलाई स्वागतयोग्य र असाध्यै वान्छित रहेको बताएका छन् ।

उनले राष्ट्रिय राजनीतिका शीर्ष नेताहरु मध्येको एक नेता वामदेव गौतम रहेको उल्लेख गर्दै भनेका छन, “उहाँको कसैको भन्दा कम ईतिहास छैन, क्षमता, सामर्थ्य, दृष्टिकोण र कृयाशीलतामा पनि कमी छैन । ”

उनले गौतम अरुलाई जुरुक्कै काँधमा बोकेर हिँड्ने मान्छे पनि रहेको बताएका छन् । “ उहाँ आफु मात्रै हुन खोज्ने अरुलाई बनाउन जागर र हिम्मत नगर्ने प्रवृत्ति नेताहरुमा ज्यादा देखिन्छ,” उनले भनेका छन, “तर वामदेव कमरेडमा त्यस्तो छैन, वहाँ अरुलाई बनाउन पनि आफु बन्नेभन्दा बढी लाग्न सक्नुहुन्छ ।”

नेता भट्टराईले स्वयं केपी ओलीको राजनीतिक जीवनमा पनि विभिन्न जङ्चरहरुमा गौतम निर्णायक सारथी देखिनु भएको कुरा उल्लेख गरेका छन् । उनले पहिलो पटक केपी ओली संसदीय दलको नेता र नवौ महाधिवेशनमा अध्यक्ष निर्वाचित हुॅदैगर्दा वामदेवको योगदान र भूमिका स्मरणीय रहेको बताएका छन् ।

मुलुकको कम्युनिष्ट एवं लोकतान्त्रिक आन्दोलनहरुमा गौतमको भूमिका नेतृत्वदायी रहदै आएको उल्लेख गदैृ पछिल्लो पटक दुई ठूला कम्युनिष्ट पार्टीहरुवीचको एकतामा पनि वहाँको अथक परिश्रम निर्णायक योगदान गर्नेहरु मध्ये उहाँ एक नेता रहेको बताएका छन् ।

नेता भट्टराईले गौतमलाई स्थिर हुन सक्नु नसक्ने, छिटो प्रभावित हुने र बदलिने प्रवृत्ति छ जस्ता कमजोरी रहेको औल्याउदै ति कमजोरीबाट जोगिनुपर्ने र नजिकका सहयोगीहरुले साथ दिनुपर्ने समेत सामाजिक सञ्जालमा लेखेका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #वामदेव गौतम


तपाईको कमेन्ट लेख्नुहोस्