विद्यार्थी नेताद्धारा राहत वितरण

काठमाडौं, १७ बैशाख । अनेरास्ववियूले बन्दाबन्दी (लकडाउन)मा समस्या परेका विद्यार्थीलाई खाद्यान्न वितरण गरेको छ ।
अनेरास्ववियूका नेता सुदेश पराजुलीले लकडाउनमा घर जान नपाएका विद्यार्थीलाई घरमै पुगेर राहत दिएको बताएका छन् । उनले अहिलेसम्म २ सय भन्दा बढी विद्यार्थीलाई राहत वितरण गरेको बताए ।
कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिमसँगै सरकारद्धारा चैत ११ गतेदेखि जारी लकडाउनको कारण समस्यामा परेका काठमाडौंका विभिन्न ठाउँहरुमा रहेको विद्यार्थीहरुलाई राहत वितरण गरेको हो ।
उनीहरुले स्वयम्भू, बबरमहल, कीर्तिपुर, कालोपुल, रातोपुल, डिल्लिबजार, चुच्चेपाटी, बानेश्वरमा पुगेर राहत सामाग्री वितरण गरेको अनेरास्ववियूका नेता सुदेश पराजुली जानकारी दिए ।
यसैगरी अर्का नेता नारायण घर्तीले पनि समस्यामा परेका विद्यार्थीलाई राहत वितरण गरिएको जानकारी दिए । उनका अनुसार अहिलेसम्म एक हजार भन्दा बढी अखिलका तर्फबाट राहत वितरण गरिएको छ । समस्या परेका विद्यार्थीलाई अहिले पनि राहत वितरण गरिएको जनाए । अखिलले १५ केजी चामल। दुई केजी दाल र एक लिटर तेल उपलब्ध गराउदै आएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #राहत
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्