नेकपाको राजनीतिक प्रतिवेदनमा जुट्यो सहमति

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको राजनीतिक प्रतिवेदनमा सहमति जुटेको छ । एक वर्षअघि पारित भए पनि प्रकाशन नभएको राजनीतिक प्रतिवेदनमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार सहमति जुटेसँगै भोलि प्रकाशनमा जाने भएको छ ।
जनताको बहुदलीय जनवाद तथा जनयुद्ध जस्ता शब्द र कतिपय राजनीतिक कार्यदिशाका विषयमा सहमति जुटेको थिएन । अध्यक्षद्वय ओली र प्रचण्डबीच आइतबार बालुवाटारमा लामो छलफलपछि राजनीतिक प्रतिवेदनका विवादित विषयमा सहमति जुटेको हो ।
यसलाई अध्यक्ष प्रचण्डले पुष्टि गरेका छन् । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन एकता महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीसँग राजनीतिक प्रतिवेदनमा सहमति जुटेको खुलासा गरे ।
‘एक वर्षदेखि सम्पूर्ण रुपमा सहमति भएर प्रकाशनमा जान नसकेको राजनीतिक प्रतिवेदन टुंग्याइएको छ । त्यो भोलि प्रकाशनमा जाँदै छ’, प्रचण्डले भने ।
उनले पार्टी एकताको सन्दर्भको एउटा ठूलो काम भएको दाबी गरे । प्रचण्डले राजनीतिक प्रतिवेदन नहुँदा पार्टीको विचार, राजनीतिक कार्यदिशा, संगठनात्मक नीतिमा अन्योल रहेको उनले बताए । ‘आजबाट त्यो अन्योलको अन्त्य भएको छ’, प्रचण्डले भने ।
एक वर्षअघिनै राजनीतिक प्रतिवेदन, विधानलगायतका दस्तावेज अध्ययन गरेर सम्पादन गर्ने जिम्मा अध्यक्षद्वयलाई दिइएको थियो ।पछिल्लो पटक सचिवालय बैठकमा समेत यसबारेमा कुरा उठेपछि दुवै अध्यक्षले आफूहरुले चाँडै टुंगो लगाउने बताएका थिए । यसबीचमा नेकपामा पार्टीको तत्कालिन कार्यक्रम जनताको बहुदलीय जनवाद कि जनताको जनवाद भन्ने बहससमेत चलेको थियो ।
पछिल्लो पटक मदन भण्डारी जयन्तीका अवसरमा अध्यक्ष ओलीले जनताको बहुदलीय जनवाद नै अब जनताको जनवाद भएको बताएका थिए । सोही आधारमा राजनीतिक प्रतिवेदनमा सहमति जुटेको नेताहरुले बताएका छन् ।
माधव नेपाल संयोजकत्वको कार्यदलले तयार गरेको राजनीतिक प्रतिवेदन मातहतका संगठनबाट पारित भए पनि प्रकाशन भएको थिएन ।
दुवै अध्यक्षबीच पटक–पटक यसबारेमा छलफल भएको र आइतबारको छलफल सहमतिमा पुगेको नेकपा स्रोतले जनाएको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #नेकपा
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्