Techie IT
बिहीबार, मंसीर १४,२०८०

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश बर्तौलासहित बालुवाटार पुग्नुभएका ओलीले प्रधानमन्त्रीसँग छलफल गर्नुभएको छ ।

गत साउनको क्विण्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको क्षेत्राधिकार विवाद बढेसङ्गै आज बस्ने प्रतिनिधिसभा बैठक अवरुध्द पार्ने एमालेले चेतावनी दिएको छ । भदौ पहिलो साताको सहमतिअनुसार असोज ५ गतेभित्र संसदीय समिति गठन भइसक्नुपर्ने थियो ।

प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्दैछ । आजै प्रधानमन्त्रीले राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुबीच छलफल बोलाउनुभएको छ । बैठक बिहान ११ बजे बालुवाटारमा हुने छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
19°
Haze
6:35 am5:08 pm +0545