मदन–आश्रित स्मृति दिवस सङ्ग्रहालय बन्दै मदनको घर

मोरङ । पुरानो काठको दुईतले घर, माथिल्लो तलामा वरिपरि कोठैकोठा । एउटा कोठाबाट छिरेको मानिस भित्रभित्रै सबै कोठामा पुग्न सक्ने ढोका निर्माण । त्यति मात्र होइन, एउटा कोठाको ढोका नखोली अर्को कोठाभित्र छिर्नसक्ने खालका गोप्य छिड्किनी । अनि माथिल्लो तलाको कोठाबाट भित्रभित्रै सुरुङमार्गमार्फत भुइँतलामा आइपुग्ने छुट्टै बाटो छ ।
यही सुरुङमार्ग हुँदै घरबाट पश्चिम निस्किएर नजिकै रहेको खोलामा पुग्न सकिने गरी परिकल्पना गरिएको छ । काठको घर भए पनि माथि नै शौच गर्ने स्थान । प्रायः सबै कोठामा प्रेरक नारा लेखिएका छन् । मोरङको रतुवामाई नगरपालिका–१० स्थित सातपिडीमा रहेको यो घर सामान्य नागरिकको होइन, देशलाई कायाकल्प गर्ने सपना बुनेर राजनीतिमा होमिनुभएका जननेता मदन भण्डारीको हो ।
यो घर कुनै इन्जिनियरले नक्सा बनाएर निर्माण गरिएको थिएन, यसको परिकल्पनाकार हुनुहुन्थ्यो स्वयं भण्डारी । पञ्चायतकालीन प्रतिकूल समयमा नेपालमा कम्युनिस्ट आन्दोलनलाई जनजनमा पु¥याउन भूमिगत राजनीतिमा होमिनुभएका जननेता भण्डारीले प्रहरीबाट बच्नका लागि यस्तो घर निर्माण गर्नुभएको हो ।
क्याटेगोरी : राजनीति
ट्याग : #मदन–आश्रित
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्