कांग्रेसले बारा २ को उपनिर्वाचनमा उपेन्द्र यादवलाई समर्थन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय सानेपामा आइतबार बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बारा–२ मा जसपाका उम्मेद्वारलाई समर्थन गर्ने निर्णय गरेको हो ।
बैठकमा जसपाको उम्मेदवारलाई सघाउने सभापति शेरबहादुर देउवाले राखेको प्रस्ताव सर्वसम्मत पारित भएको सहमहामन्त्री जिवन परियारले जानकारी दिनुभयो । यसअघि बसेको कार्यसम्पादन समितिको बैठकमा पनि जसपाका उम्मेद्वारलाई नै सघाउनेबारे छलफल भएपनि विवाद हुँदा निर्णय हुन सकेको थिएन । आइतबारको बैठकले भने सर्वसम्मतले निर्णय गरेको हो ।
सहमहामन्त्री पाण्डेले २०७९ को निर्वाचन भन्दा पहिला पार्टीको अनुशासनको कारबाहीमा परेका उपनिर्वाचन हुने तीन क्षेत्रका नेताहरुलाई पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुनेगरी कारबाही फुकुवा गर्ने निर्णय भएको बताउनु भयो ।
उहाँले २०७९ को निर्वाचन बेलाको हकमा भने उपनिर्वाचनमा नेताहरुले खेलेको भुमिकालाई हेरेर पछि निर्णय लिने बताउनु भयो ।
सहमहामन्त्री पाण्डेले बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई बधाई दिने प्रस्ताव पारित गर्नुका साथै राष्ट्रपतिको स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको बताउनुभयो ।
बैठकले अघिल्लो कार्य सम्पादन समितिमा पार्टीको कार्यालय सञ्चालनको लागि प्रस्तुत भएको निर्देशिका र विनियमावली, प्राप्त सुझाव समेट्नेगरी पारित गर्ने निर्णय गरेको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #hot, #कांग्रेसले बारा २ को उपनिर्वाचनमा उपेन्द्र यादव
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ३बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ४प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ५गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ६टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ७विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ८राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
तपाईको कमेन्ट लेख्नुहोस्