Techie IT
शुक्रबार, मंसीर १५,२०८०

एमालेको पत्र पाए पछि नेकपा एसले भन्यो, ‘संवादको ढोका खुल्यो’


काठमाडौं, १४ फागुन । नेकपा एकीकृत समाजवादी (एस)ले राष्ट्रपति निर्वाचनमा नेकपा एमालेले पत्र लेखेर समर्थन मागेर संवादको ढोका खोलेको जनाएको छ ।

एसका प्रवक्ता जगन्नाथ खतिवडाले एमालेले पत्र लेखेकोमा धन्यवादसमेत ज्ञापन गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रवक्ता खतिवडाले भनेका छन्ः

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्षलाई सम्बोधन गरेर एमालेका राष्ट्रपतिका उमेदवार सुवास नेम्वाङलाई मतदान गर्न अनुरोध पत्र लेख्नु भएको छ । यसको लागि धन्यवाद । यसले औपचारिक रुपमा राजनीतिक संवादको ढोका खोलिदिएको छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुँदा एमालेको अनुरोधलाई स्विकार गर्ने स्थिति नभएता पनि सकारात्मक सोचका साथ राजनीतिक संवादको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण निर्माण हुनसक्दछ ।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई पत्र पठाएका थिए । अध्यक्ष ओलीले राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई मतदान गर्न अनुरोध गर्दै पत्र पठाएका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #नेकपा (एस )


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
11°
Partly Cloudy
6:36 am5:08 pm +0545