प्रधानमन्त्री प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा हरिवोल गजुरेल नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त हुनु भएको छ ।
प्रधानमन्त्री दाहालले गजुरेललाई मन्त्रीसरहको सेवा सुविधा पाउने गरी प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्नु भएको हो । सिन्धुलीका स्थायी वासिन्दा गजुरेल माओवादी केन्द्रका उपमहासचिव समेत हुनुहुन्छ । गजुरेल प्रधानमन्त्री दाहालका विश्वास पात्र मानिनुहुन्छ । गत आम निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर १ वाट प्रतिनिधि सभामा टिकट नपाएपछि भने गजुरेल दाहालसँग असन्तुष्ट रहनु भएको थियो । २०७४ मा भने गजुरेलले सिन्धुलीबाट जित्नु भएको थियो ।
त्यस अघि संविधान सभा निर्वाचनमा पनि गजुरेल विजयी हुनुभएको थियो । योसँगै प्रधानमन्त्री दाहालको सचिवालय ८ सदस्यीय बनेको छ । यस अघि प्रधमामन्त्री दाहालले सन्तु दराईलाई प्रमुख स्वकिय सचिव, रमेश मल्ल र गंगा दाहाललाई स्वकीय सचिव, सूर्यकिरण शर्मा, मनहरी तिमल्सिना, शिव खकुरेल र गोकर्ण भट्टलाई पनि सचिवालयमा नियुक्त गर्नु भएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड, #प्रधानमन्त्री, #राजनीतिक सल्लाहकार, #हरिबोल गजुरेल
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्