नेपाली कांग्रेस काठमाडौ ६ मा पार्टी प्रवेश गर्नेको ओइरो , ने.क.पा का पूर्व वडा अध्यक्ष सहीत ४० जना कांग्रेसमा प्रवेश

काठमाडौ । नेपाली कांग्रेसमा बिभिन्न दलका नेता तथा कार्यकर्ता प्रवेश गरेका छन ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ द्दारा आयोजनामा गरिएको कार्यकर्ता भेला तथा सम्मान कार्यक्रमको अवसरमा बिभिन्न दलबाट पार्टी प्रवेश गरेका हुन ।
पार्टी प्रवेश गर्नेमा धादिङको साविक चैनपुर गाउँ विकास समिति–७ मा तत्कालीन नेकपा ९एमाले० बाट वडाध्यक्षमा निर्वाचित बाबुकाजी श्रेष्ठलगायत विभिन्न पार्टी परित्याग गरेका दुई दर्जन नेताकार्यकर्तालाई काङग्रेसमा प्रवेश गरेका छन । साथै तारकेश्वर नगरपालिका बिभिन्न वडाका बिभिन्न दलका नेता तथा कार्यकर्ता समेत काग्रेसमा प्रबेश गरेका हरि तिमिल्सिनाले बताए ।
प्रवेश गर्नेमा अधिकांश नेकपा रहेका छन, नेकपाबाट ३० जना र अन्य दलबाट १५ रहेका छन ।
कार्यक्रममा कांग्रेसका पुर्व महामन्त्री तथा पुर्व गृहमन्त्री कृष्णप्रसाद सिटैला प्रमुख अतिथि, क्षेत्र नं ६ का सांसद तथा पुर्व रक्षामन्त्री भिमसेनदास प्रधान विशिष्ट अतिथि, काठमाडौंका जिल्ला सभापति सवुज कृष्ण वानिया, क्षेत्र नं का क्षेत्रिय सभापति श्यामकृष्ण खड्गी, नेपाली कांग्रेसका नेता बिष्णुभक्त तिमिल्सिना लगाएतको सहभागिता थियो।
कार्यक्रममा २०४६ सालको जनआन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने पूर्वसांसद श्रीराम श्रेष्ठलाई नेता सिटौलाले पार्टीका तर्फबाट विशेष सम्मान गरेका थिए ।
क्याटेगोरी : राजनीति
ट्याग : #कांग्रेस काठमाडौं क्षेत्र नं ६
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्