राष्ट्रिय प्रजातन्त्र पार्टीको विस्तारित बैठक काठमाडौँमा

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको विस्तारित बैठक आगामी चैत १ गतेदेखि काठमाडौँमा हुने भएको छ ।
राप्रपाका केन्द्रीय सदस्य, ७७ वटै जिल्लाका अध्यक्ष, भातृ सङ्गठनका अध्यक्ष र पार्टीका विभागीय समितिका प्रमुखको सहभागिता रहने उक्त विस्तारित बैठकमा पार्टीले घोषणा गरेको शान्तिपूर्ण जनसङ्घर्ष, देशको समसामयिक घटनाक्रमलगायत विषयमा छलफल हुने पार्टीका नेत्री सरस्वती केसीले जानकारी दिनुभयो ।
उक्त बैठकबाट केन्द्र, प्रदेश र जिल्लामा गरिने सङ्गठन सुदृढिकरण, राजनीतिक गतिविधिलगायत विषयमा धारणा तय गरिने छ । हिन्दूराष्ट्रको पुनःस्थापना, राजसंस्थाको विषयमा सर्वपक्षीय गोलमेच सम्मेलन, सङ्घीयताको खारेजी, सन् १९५० को सन्धि र असमान सम्झौता पुनरावलोकन र खारेजीको माग गर्दै पार्टीले यही फागुन १५ गतेदेखि मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गरिरहेको छ । सो यात्रा यही फागुन ३० गते काठमाडौँमा समापन गरिने भएको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #राष्ट्रिय प्रजातन्त्र पार्टी
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ४राष्ट्रिय एकता
- ५आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्