नेकपाको श्रद्धाञ्जलिसभा शुक्रबार-ओली र प्रचण्डले सम्बोधन गर्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका दिवङ्गत नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी र तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको संयुक्त श्रद्धाञ्जलि सभाको तयारी गरेको छ ।
नेकपा केन्द्रीय कार्यालयले यही फागुन २३ गते बिहीबार काठमाडौँको भृकृटीमण्डपमा श्रद्धाञ्जलि सभाको तयारी गरेको हो । नेकपाका स्थायी कमिटीका सदस्य पम्फा भुषालले सभामा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ । पार्टीले सभाका लागि पार्टीका विभिन्न कमिटी र जनसङ्गठन परिचालन गर्नेछ ।
नेता भरतमोहनको यही फागुन १८ गते उपचारका क्रममा र तत्कालीन मन्त्री अधिकारीको यही फागुन १५ गते ताप्लेजुङको भीरढुङ्गामा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।
क्याटेगोरी : राजनीति
ट्याग : #नेकपाको श्रद्धाञ्जलिसभा
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्