‘युवासँग दिपक खड्का’– समृद्ध संखुवासभा मेरो चाहना

काठमाडौँ – नेपाली काँग्रेसका नेता एवम् पूर्व राज्यमन्त्री दिपक खड्काले समृद्ध संखुवासभा निर्माणका लागि आफू संखुवासभामा निर्वाचन लड्न लागेको बताउनुभएको छ ।
संखुवासभाका युवाले शनिबार काठमाडौँको लैनचौर व्याङ्वेटमा आयोजना गरेको ‘युवासँग दिपक खड्का’ कार्यक्रममा बोल्दै संखुवासभामा नेताभन्दा कुशल नेतृत्वको आवश्यकता परेको बताउनुभएको हो ।
ईमान्दार र मेहेनत गरी राजनीति गर्ने र जनताको भावनालाई नेतृत्व प्रदान गर्न सक्ने मानिसको खाँचो रहेको बताउनुभयो र त्यस खाँचोलाई टार्न फेरी पनि आफू नेतृवमा आएर पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
संखुवासभालाई पहाडी क्षेत्र तथा जिल्लामा उत्कृष्ट बनाउन स्थानीयवासी एक हुनपर्ने र गेम चेञ्जर विकासको मोडालीटीमा काम गर्नुपर्ने उहाँको भनाई छ । उर्जा, पर्यटन कृषि, जड़ीबुटी क्षेत्रमा प्रचुर सम्भावना बोकेको संखुवासभामा यी क्षेत्रको विकास हुन नसकेको र यहाँ भएका स्थानीय स्रोत साधनको उचित परिचालन गरी त्यस ठाउँको विकास गर्न आफूले उमेद्धार बन्न लागेको बताउनुभयो ।
संखुवासभा ऊर्जा क्षेत्रमा सम्भावना बोकेको जिल्ला भएकाले त्यस क्षेत्रको विकास र समृद्धको लागि सबै संखुवासभावासी एक भएर अगाडी बडढ्नुपर्ने धारणा राख्नुभयो । यस जिल्लामा बनेका जलविद्युत आयोजनाबाट हरेक घरधुरीले इक्यूटी सेयर ५ प्रतिशत र डाइरेक्ट शेयरमार्फत २० लाख सम्म २ देखी ३ प्रतिशत ब्याजदरमा ऋण दिनुपर्ने भनी सरकारलाई आग्रह गर्ने उहाँले बताउनुभयो ।
नेता खड्काले संखुवासभालाई एक नमूना जिल्लाको रूपमा स्थापित गर्न त्यहाँका सबै जनताको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो । उर्जा, कृषि, यातायातको क्षेत्रमा नेतृत्व गरेर ती क्षेत्रबाट स्थानिय जनतालाई आयआर्जनसँग जोडेर लोभलाग्दो संखुवासभा बनाउने उद्देश्य रहेको बताउनुभयो । संखुवासभामा रहेको किमाथान्काको नाकालाई खोलेर १२ महिना नै यहाँ उत्पादन भएका वस्तूलाई चाइना र इण्डिया निर्यात गर्न सकिने उहाँले बताउनुभयो । साथै त्यो नाकाबाट वार्षिक ३ देखि ४ लाख आन्तरिक तथा वाह्य पर्यटनलाई फ्लो गर्न सकिने उहाँले बताउनुभयो ।
खड्काले संखुवासभाका युवालाई ईमान्दारी, मेहनत र राम्रो शिक्षा हासील गरेर राजनीतिमा प्रवेश गर्नुपर्ने र जागीर भन्दा पनि उद्यम तथा व्यवसाय लाग्न सुझाव दिनुभयो । उहाँले सफलता प्राप्त गर्नका लागी मेहनत इमान्दारीता, लगाव र लगनशिलता चाहिने र स्थानीय स्रोत साधनको परिचालन कसरी गर्नुहुन्छ भन्ने विषयले पनि फरक पार्ने उहाँले बताउनुभयो ।
उहाँले संखुवासभामा उत्पादन हूने वस्तुले राम्रो बजार नपाएको र उचित बजार नभएको व्यवस्थापन नभएको खण्डमा किमाथान्काको नाकाले धेरै सहज हुने उहाँले बताउनुभयो । नेता खडकाले संखुवासभामा विकास र समृद्ध ल्याउनका लागी नयाँ अनुहार भन्दापनि दक्ष, क्षमतावान र अनुभवी मान्छेको आवश्यकता रहेको समेत बताउनुभयो ।
क्याटेगोरी : राजनीति, विचार/बहस, समाचार
ट्याग : #hot, #दिपक खड्का, #निर्वाचन आयोग, #नेपाली कांग्रेस, #प्रतिनिधिसभा, #संखुवासभा
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्