विपीको राष्ट्रिय मेलमिलाप नीति अझै सान्दर्भिकः अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विपीको राष्ट्रिय मेलमिलापको नीतिलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रेरणाको रुपमा लिएको बताउनुभएको छ ।
पार्टीद्वारा आज यहाँ आयोजित ४३ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा ‘वर्तमान राजनीतिक सन्दर्भमा राष्ट्रिय मेलमिलापको महत्व’ विषयक विचार गोष्ठीमा उहाँले देशको अस्तित्व जोगिए मात्र प्रजातन्त्र जोगिन्छ भन्ने विपीको अवधारणा वर्तमान अवस्थामा अझ सान्दर्भिक भएको बताउनुभयो ।
नेपाल विद्यार्थी सङ्घका संस्थापक संयोजक एवं वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीले देशभित्रका ऐतिहासिक शक्ति, धार्मिक शक्ति, परम्परागत शक्ति र राजनीतिक शक्तिहरुको मेलमिलाप आजको आवश्यकता भएको विचार व्यक्त गर्नुभयो ।
नेपाली काङ्ग्रेस विपीका अध्यक्ष हरिबोल भट्टराइले अहिले राष्ट्रियता कमजोर बन्दै गएको अवस्थामा राष्ट्रिय मेलमिलापको खाँचो टड्कारो रहेको बताउँदै राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा सबै राष्ट्रवादी एक हुनुपर्नेमा जोड दिनुभयो ।
क्याटेगोरी : राजनीति
ट्याग : #कमल थापा
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५मेगा केवलको लाखौं रकम अपचलन गर्ने पौडेल फरार
- ६टोखाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल आठ वर्षमा ,२६ विधामा सात लाख ८५ हजार बिरामीको सेवा
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्