Techie IT
सोमबार, असोज ८,२०८०

राजा फर्काउन चितवनमा शाही युवा शक्तिको भेला


पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा भेटघाटमा सक्रिय भइरहँदा शाही युवा शक्ति नेपालका नाममा भेला, बैठक गरी समिति बनाउने अभियान चलेको छ ।

चितवनमा पनि शाही युवा शक्ति नेपालले कार्यक्रम गरेको छ । पूर्वी चितवनको पर्सामा आज आयोजित भेलामा चितवनका राजावादी समर्थकहरु सहभागी भएका थिए । भेलामा उपस्थित युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपति खड्काले राजतन्त्र फर्काउने अभियानकै लागि देशैभर भेलाको आयोजना गरिएको बताए । उनले गणतन्त्र र संघीयताले देश झन् झन् दर्दनाक अवस्थामा पुगेकोले राजा फर्काउनुको विकल्प नरहेको दाबी गरे । भेलाले चितवनमा शाही युवा शक्ति नेपालको नयाँ समिति समेत चयन गरेको छ । पछिल्लो समयमा पूर्वराजा ज्ञानेन्द्रको राजनीतिक भेटघाट र सक्रियता बढेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #शाही युवा शक्ति


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
22°
Mostly Cloudy
5:53 am5:57 pm +0545