नेपकाको पार्टी कमिटी सर्वसम्मत

एकीकरण भएको लामो समयपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखा शाखाको नौ वटै स्थानीय तहको पार्टी कमिटीका पदाधिकारी सर्वसम्मत रूपमा चयन भएका छन् ।
पार्टी कार्यदलको बैठकले जिल्लाका नौ स्थानीय तहमध्ये पाँचमा पूर्वएमालेका र चारमा पूर्वमाओवादी केन्द्रका सदस्यले नेतृत्व लिने गरी सहमति गरेको हो । चार सदस्यीय उक्त कार्यदलले पार्टीबाट आएको नाम र व्यक्तिका सम्बन्धमा लामो समयको छलफलपछि स्थानीय पार्टी कमिटीको नाम टुङ्गो लगाएको कार्यदलका सदस्य देवी खड्काले बताउनुभयो । कार्यदलमा पूर्वएमालेका तर्फबाट जिल्ला इन्चार्ज तथा सांसद पार्वत गुरुङ, जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल र पूर्वमाओवादी केन्द्रका तर्फबाट जिल्ला इन्चार्ज देवी खड्का र जिल्ला संयोजक गोपाल पाण्डे रहनुभएको थियो ।
पूर्वएमालेको भागमा भीमेश्वर नगरपालिका, शैलुङ गाउँपालिका, मेलुङ गाँउपालिका, तामाकोशी गाँउपालिका र गौरीशङ्कर गाउँपालिका परेको छ भने पूर्वमाओवादी केन्द्रको भागमा जिरी नगरपालिका, वैत्येश्वर गाउँपालिका, कालिञ्चोक गाउँपालिका र विगु गाउँपालिका परेको छ ।
कार्यदलले सर्वसम्मत रूपमा स्थानीय पार्टी अध्यक्ष र सचिवसहित ७५ सदस्यीय गाउँपालिकास्तरीय कमिटी र ८१ सदस्यीय नगरपालिकास्तरीय कमिटी पनि गठन गरेको छ ।
कार्यदलले सर्वसम्मत रूपमा चयन गरेको नामावली प्रदेश कमिटीमा पेश गर्ने र उक्त कमिटीले अनुमोदन गरेपछि जिम्मेवारी दिइने कार्यदलका अर्का सदस्य पार्वत गुरुङले बताउनुभयो ।
क्याटेगोरी : राजनीति
ट्याग : #नेपकाको पार्टी कमिटी
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्