मुलकमा नयाँ जनवादी क्रान्ति आवश्यक-क्रान्तिकारी माओवादी

नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समिति बैठकले मुलकमा नयाँ जनवादी क्रान्ति आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
बुटवलमा सम्पन्न केन्द्रीय समितिको बैठकले राष्ट्रियता, जनतन्त्र र जनजीविका सवालमा नयाँ क्रान्ति आवश्यक रहेको निष्कर्ष निकाल्दै सशक्त आन्दोलन गर्ने निर्णय गरेको हो ।
मङ्सिर १२ गतेदेखि १७ गतेसम्म बुटवलमा बसेको बैठकले गरेको निर्णय आज बुटवलमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । बैठकले हत्या, हिंसा, बलात्कार, आदिवासी जनजाति, उत्पीडित वग, सीमा अतिक्रमणलगायतका विषयलाई लिएर देशव्यापीरुपमा सशक्त सङ्घर्ष गर्ने निर्णय गरेको छ । सन् १९५० लगायतका असमान सन्धि सम्झौताको खारेजी, सीमा अतिक्रमणविरुद्धमा मेची महाकाली राष्ट्रिय जनजागरण कार्यक्रम सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।
यस्तै बैठकले साझा मुद्दामा विभिन्न राजनीतिक शक्ति तथा पक्षसँग मिलेर संयुक्त सङ्घर्षका कायक्रम गर्ने निर्णय गरेको छ । पत्रकार सम्मेलनमा अध्यक्ष मोहन वैद्यले मुलुकलाई अर्धसामन्ती अवस्थाबाट मुक्ति दिलाउन नयाँ क्रान्तिको आवश्यक रहेको बताउनुभयो । मुलुकमा रहेका सच्चा कम्युनिष्टलाई गोलबन्द गर्ने प्रयासमा रहेको भन्दै उहाँले तत्काल नेत्रविक्रम चन्द विप्लबले नेतृत्व गरेको पार्टीसँग भने एकता नहुने बताउनुभयो ।
क्याटेगोरी : राजनीति
ट्याग : #क्रान्तिकारी माओवादी
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्