काम गरेर दरिएका निरन्जन
श्रेष्ठको यो उम्मेवारी उनको ब्यक्तिगत संबृद्धिका लागि भन्दा पनि नगरवासि र वडावासिको हितका लागि हो

संखुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका वडा न १ का वडाध्यक्ष निरञ्जन श्रेष्ठ बोल्ने मात्र हैन काम गरेर देखाउन सफल वडाध्यक्षका रुपमा चिनिन्छन् ।
खाँदबारी १ का मतदाताले २०७४ को स्थानीय निर्वाचनमा निर्वाचित गरेपछि बितेको ५ बर्षमा उनले आफ्नो वडामा प्रसस्त बिकास गरेर देखाएका छन् । अघिल्लो कार्यकालमा मतदाताको मन जित्ने काम गरेका कारण नै उनलाई यसपालि समेत वडा नं। १ का मतदाताले जिताउने प्रवल संभावना छ । अहिले चोक बजार र चिया पसलहरुमा समेत उनको तारिफ चल्ने गरेको छ ।
यसपालि पालो फेर्ने सोचमा रहेका उनलाई मतदाताले नै पुन एकपटकका लागि अध्यक्षमा उठ्न आग्रह गरिरहे । आफु यसपालि नउठ्ने बरु यो अवसर अरुलाई नै दिलाउने सोंचमा रहेका उनले आफुले पद नओगट्ने प्रयत्न गर्दा समेत मतदाताले उनलाई नै एक पटकका लागि पुन दोहोरिन आग्रह गरे ।
उनि भन्छन मैले कहिल्यै आफ्नो जिम्मेवारीलाई बिर्सिन ५ बर्षका लागि मतदाताले मलाई जिताएका हुन् मैले जुन जिम्मेवारी लिएँ कुनैदिन कसैको मन दुखाउने काम गरें जस्तो लाग्दैन । सबैको सहयोग पनि पाएँ ।
बिहे बिटुलो मरि मराउ, बिकास निर्माणको क्रममा समेत उनि सँधै अग्रभागमा खटिन्छन् । निश्पक्ष र निडर स्वभावका उनि काँग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवारका रुपमा खडा भएपनि उनलाई अघिल्लो निर्वाचनमा अन्य दलमा आस्थावान मतदाताले समेत मतदान गरेका थिए ।
प्रष्ट बिचार, भिजन सहितको बिकास निर्माणको सोंच, सबैसंग सहजरुपमा घुलमिल हुने खुवी, सामाजिक काममा पुर्णरुपमा लागि पर्ने तत्परता र सबै सेवाग्राहिलाई समान रुपमा ब्यवहार गर्ने उनको स्वभावका कारण पनि उनि सबैदलका मतदाता बिच लोकप्रिय छन् ।
जसका कारण पनि उनलाई यसपालि समेत सबै दलका मतदाताले बिना हिचकिचाहट मतदान गर्ने अवस्था श्रृजना भएको छ । स्थानीय निर्वाचन हो मतदाताले आफ्नो गाउँ ठाउँमा बिकास गर्ने, बिश्वासिलो नेताको खोजी गरिरहेका छन् ।
अवश्य नै अहिलेका सचेत मतदाताले शासक हैन सेवक रोज्ने छन् । उनको यो उम्मेवारी उनको ब्यक्तिगत संबृद्धिका लागि भन्दा पनि नगरवासि र वडावासिको हितका लागि पनि खोजिरहेका छन् । अघिल्लो कार्यकालमा उनले जनताको मन जित्ने धेरै कामहरु गरेका छन् ।
वडाको थोरै बजेटलाई सहि सदुपयोग गर्दै सर्बपक्षिय हितका लागि प्रभावकारी देखिने काम गरेका छन् । त्यसैले पनि उनको जितको संभावना यसपटक थप बलियो देखिन्छ ।
क्याटेगोरी : tags, राजनीति, विशेष, समाचार, स्थानीय
ट्याग : #खाँदबारी नगरपालिका, #निरन्जन श्रेष्ठ, #नेपाली कांग्रेस, #वडा न १, #संखुवासभा
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्