Techie IT
मंगलबार, साउन १९,२०७८

एमाले काठमाडौ क्षेत्र नं ६ को बैठक , यस्ता छन निर्णयहरु


पुकार तिमलसिना

काठमाडौ । नेकपा एमाले काठमाडौ क्षेत्र नं ६ को बैठक सम्पन्न भएको छ ।
शनिबार काठमाडौको गोगंबुमा बसेको बैठकले , पार्टी सदस्य बिस्तार /नवीकरण , शाखा कमिटिहरुको बैठक , बिभिन्न जनसंगठनहरुको गठन / पूर्नगठन, तिब्र
स्थानिय बिकाश लगायतका बिषयहरुमा छलफल भएको एमाले नेता तथा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले बताए ।

मेयर अधिकारीका अनुसार पार्टीको सदस्यता नवीकरण गरि पार्टी केन्द्रीय कार्यालयमा अभिलेखीकरण गराउने ,  पार्टीका वडा स्तरका र पालिका स्तरका अधिवेशनहरू यथासिघ्र गर्ने निर्णय गरेको छ ।

साथै तिब्र स्थानिय बिकाशका लागी बिभिन्न योजनाका साथ पार्टी क्रियाशील बनाउने समेत निर्णय भएको छ ।

काठमाडौं क्षेत्र नं ६ कमिटिका अध्यक्ष बिश्वनाथ लामिछानेको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा टोखाका मेयर प्रकाश अधिकारी , तारकेश्वरका मेयर रामेश्वर बोहोरा , नेता लेखनाथ फँुयाल ,महानगर कमिटिका अध्यक्ष निर्मल देउला , नेता मधुसुदन तण्डुकार , तिलक देउला लगायतका नेताहरुको उपस्थीत रहेको थियो ।

नेकपा एमाले काठमाण्डौ जिल्लाका १० निर्वाचन क्षेत्रमा साउन २ गते सनिवार एकै दिन क्षेत्रीय कमिटीको बैठक सम्पन्न भएका छन। असार ३० गते बसेको नेकपा एमाले काठमाण्डौ जिल्ला सचिवालय बैठकको निर्णय अनुसार सबै निर्वाचन क्षेत्रमा बैठक बसेका हुन ।।

 


क्याटेगोरी : राजनीति
ट्याग : #एमाले काठमाडौ क्षेत्र नं ६


तपाईको कमेन्ट लेख्नुहोस्