सरकार बिरुद्ध मालेको राजधानिमा कोण सभा

काठमाडौं । नेकपा मालेले राजधानिको इन्द्रचोकमा सरकार बिरुद्ध कोण सभा गरेको छ वर्तमान सरकारले नेपाली जनताको आधारभूत आवश्यकता पूरा गर्न नसकेको, विदेशी तावेदारीहरुको निर्देशनमा काम गरेको हुनाले यस्तो देश विरोधी, जनविरोध कार्यको नेकपा मालेले सधैं विरोध गर्ने र राष्ट्रिय स्वतन्त्रता र राष्ट्रिय अखण्डता संकटमा परेका हुनाले राष्ट्रिय अस्तित्व जोगाउने पक्षमा सबै नेपालीले आवाज उठाउन समेत कार्यक्रमलाई सम्बोधन गर्दै त्यस कार्यक्रमका प्रमुख वक्ता तथा नेकपा मालेका महासचिव सिपी मैनालीले भनाई राख्नु भएको थियो ।
वर्तमान सरकारले सामान्यभन्दा सामान्य जनताका आधारभूत कामहरु समेत गर्न छोडेर अरु नै नचाहिँदा कामहरुमा व्यस्त भएको र त्यो खालको रवैया निकै डरलाग्दो भएको कार्यक्रमका अर्का वक्ता तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष सुवास काफ्लेले धारणा राख्नु भएको थियो ।
त्यसैगरी नेपालमा महिलाहरुको अधिकारमा विभिन्न ढंगबाट प्रहार भएको र सरकारी निजामती, मजदुर लगायत क्षेत्रमा महिलाहरुमाथि हुने अभद्र व्यवहार, यौनहिंसा जस्ता कुराहरु बढेर गएको र त्यस्ता दोषीहरुलाई कारवाही गर्न नसकेको आरोप लगाउँदै नेकपा मालेको पोलिट्ब्यूरो सदस्य निलम खड्काले आक्रोश पोख्दै कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।
त्यसैगरी मजदुर संगठनका इन्चार्ज तथा नेकपा मालेका केन्द्रीय सदस्य केदार गिरीले मजदुरहरुमाथि भइरहेको सरुवा आतंक, निजामति कर्मचारीहरुमा कार्य क्षेत्र संयोजनको नाममा आफ्नालाई पायक पार्ने ठाउँमा तानेर सोझासिधा पहुँच नपुग्ने इमान्दारहरुलाई दुःख दिएको हुनाले मजदुरहरुको हकहितको लागि जस्तोसुकै चुनौती उठाउन नेकपा माले समर्थित संगठन लागिरहेको र अन्य मजदुर संगठनसँग गोलबद्ध भएर आन्दोलन उठाउने चेतावनी दिनु भएको थियो ।
यसैगरी प्रगतिशिल युवा संघका केन्द्रिय अध्यक्षा राजन थापाले देशका सम्पुर्ण युवाहरुले राष्ट्रमा बढ्दै गएको भ्रष्टाचारी,कालोबजारी,घुसखोरीहरुलाई सडकमा ल्याएर नाङ्ग्याउने बताएका छन् । त्यसैगरी अनेरास्ववियु पाँचौका केन्द्रीय अध्यक्ष घनश्याम मिश्रले शिक्षामा लगानी सरकारको बालुवामा पानी जस्तो भएको साथै सरकारी र निजी क्षेत्रको विभेदपूर्ण शिक्षा नेपालमा रहेको यसको अन्त्य र समतामूलक शिक्षाको विकासमा सरकारले ध्यान नदिएको हुँदा विद्यार्थीको नैसर्गिक अधिकार सुनिश्चित गर्न अनेरास्ववियू पाँचौले पहल गरी रहेको र सम्बन्धित निकायले यी मूलभूत विषयमा समयमा नै सम्बोधन नगरेमा सशक्त विद्यार्थी आन्दोलन उठाउने चेतावनी दिनु भएको थियो ।
कार्यक्रम इन्द्रचोकबाट भेल भई नारा लगाउँदै याली निकालेर शान्ति बाटिकामा सभा गरी समापन भएको थियो ।
साभार ः नेशलन पावर न्यूज
क्याटेगोरी : राजनीति
ट्याग : #नेकपा माले
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्