नेकपामा तोकिए सात प्रदेशका संयोजक

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय कमिटीको जारी तेस्रो बैठकले पार्टी प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरु तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न बसेको बैठकले प्रदेश नं १ मा सुवास नेम्वाङ, २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, काठमाडौँ उपत्यकामा कृष्णगोपाल श्रेष्ठ, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शङ्कर पोखरेल, कर्णाली प्रदेशमा मणि थापा र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई संयोजक तोकेको छ ।
बैठकले जनसङ्गठन संयोजकको जिम्मेवारी भने टोपबहादुर रायमाझीलाई दिएको महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
केन्द्रीय कमिटी बैठकले पार्टी विधान संशोधन गर्नाका साथै नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको कार्यकारी अध्यक्षको जिम्मेवारी बदर गरेको बताइएको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #नेकपा
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्