नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष तारानाथ दाहाल स्वतन्त्रता सेनानी सम्मानबाट सम्मानित भएका छन ।लोकतन्त्र,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर वकालत गरेको भन्दै दाहाललाई आज पाँचथरमा सम्मान गरिएको हो नेपाल पत्रकार महासंघ पाँचथर शाखाले स्थापना वर्षेनी वितरण गर्दै आएको उक्त सम्मान सहित दाहाललाई २२ हजार २ सय २२ रुपैंया पुरस्कार र कदर पत्र प्रदान गरिएको छ २०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्रले राज्य शत्ता कब्जा गरेपछि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा लागि परेको कदर स्वरुप दाहाललाई सम्मान गरिएको हो ।यस अघि स्वतन्त्रता सेनानी सम्मानवाट पत्रकारहरु विष्णु निष्टुरी,शिव गाँउले र किशोर नेपाल सम्मानित भइसकेका छन ।यस्तै हरिचरण भद्रमाया वातावरण पत्रकारिता पुरस्कारवाट पाँचथरकी पत्रकार राधा लुइटेल पुरस्कृत भएकी छिन ।जिल्लामा निरन्तर पत्रकारिता गर्ने एक जना सञ्चारकर्मीलाई दिइने उक्त पुरस्कारमा कदर पत्र सहित ५ हजार ५ सय ५५ रुपैंया राशी छ ।दाहाल र लुइटेललाई फिदिममा आयोजित एक समारोह विच सम्मान गरिएको हो ।सम्मान कार्यक्रममा बोल्दै पत्रकार दाहालले सम्मानले आफुलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा अविराम लागि पर्न थप उर्जा मिलेको टिप्पणी गर्नुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
धेरै पढिएका
- १टोखामा १४ हजार १८६ मत गन्दा कसले लिए अग्रता ?
- २प्यूठानको गौमुखीमा गठबन्धनले नैतिक पतन भएका गिरीलाई उम्मेदवार बनाएपछि
- ३तारकेश्वरको मेयरमा कांग्रेसको तर्फबाट कृष्णहरि मर्हजनको चर्चा , अरु को को ?
- ४टोखा अपडेट : कस्तो छ मेयरको मत परिणाम ?
- ५तारकेश्वरको काभ्रेस्थलीबाट पक्राउ परेकी महिला मानव बेचविखन गरेको आरोपमा जेल चलान
- ६यि हुन टोखामा मेयर अधिकारीले पाँच बर्षमा गरेका १३ महत्वपूर्ण काम
- ७अपडेट : यस्तो छ तारकेश्वर वडा नं १ को पछिल्लो मत बिवरण
- ८अपडेट : यस्तो छ तारकेश्वर वडा नं ३ को पछिल्लो मत बिवरण
तपाईको कमेन्ट लेख्नुहोस्