विद्यार्थी संगठन र शिक्षामन्त्रीबीच वार्ता ,आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र आन्दोलनरत साना विद्यार्थी संगठनबीच वार्ता भएको छ ।
मन्त्री निवास हरिहरभवन ललितपुरमा भएको वार्तामा शिक्षामन्त्री पोखरेलले आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गर्नुभएको अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालले जानकारी दिए ।
मन्त्री पोखरेलले यही असार २० देखि २२ गतेसम्म विद्यार्थी संगठनले घोषणा गरेको शैक्षिक आमहड्ताल फिर्ता लिन आग्रह गरे ।
छलफलमा उहाँले विद्यार्थी संगठनले शैक्षिक विकृति र चर्को शैक्षिक शुल्कको विषयमा उठाएका माग सकारात्मक भएकाले माग सम्बोधन गर्न आफू लाग्ने समेत बताए ।
मन्त्री पोखरेलसँगको छलफलमा नेत्रविक्रम चन्द ‘विप्लब’ निकट अखिल क्रान्तिकारीका चिरञ्जीवी ढकाल, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष विवेक राई, मोहन वैद्य निकट अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष पेशल दाहालको सहभागिता रहेको थियो ।
क्याटेगोरी : राजनीति
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्