शैक्षिक सुधारका माग राख्दै आठ विद्यार्थी संगठनको आन्दोलन

साना आठ विद्यार्थी संगठनले शैक्षिक सुधारका माग राखी आन्दोलनको घोषणा गरेका छन् ।
अनेरास्ववियु (क्रान्तिकारी), नयाँ शक्ति विद्यार्थी युनियन, समाजवादी विद्यार्थी फोरम, राष्ट्रिय जनता पार्टी विद्यार्थी युनियन, अनेस्ववियु (पाँचांै)लगायत विद्यार्थी संगठनले आज पत्रकार सम्मेलन गरी आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
उनीहरुले शिक्षा क्षेत्रमा देखिएका विकृति अन्त्यको माग गदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउनेदेखि लिएर शैक्षिक आम हडतालसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
उनीहरुले नवौं शिक्षा ऐन खारेज गर्नुपर्ने, शिक्षा मन्त्रालयले गठन गरेको शुल्क अनुगमन समितिमा आफूहरुलाई पनि राख्नुपर्ने, विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट मात्र पदाधिकारी नियुक्त गर्नुपर्ने, चिकित्साशास्त्रसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।
यसैगरी, गौतमबुद्ध भारतमा जन्मिएको भन्ने पाठ्य पुस्तक पढाउने र भारतीय राष्ट्रिय गान सिकाउने भारतीय विद्यालय बन्द गराउनुपर्ने, कूल बजेटको २० प्रतिशत बजेट शिक्षामा विनियोजन गर्नुपर्ने, निजी कलेज र विद्यालयमा वृद्धि गरिएको शुल्क खारेज गर्नुपर्ने, शिक्षामा लगानी गर्ने राजनीतिक दलका नेतामाथि छानबिन गर्नुपर्ने, पाठ्यपुस्तकको कमिशन खारेज गर्नुपर्ने लगायतका माग राखिएका छन् ।
अनेरास्ववियु क्रान्तिकारीका अध्यक्षले सरकारले समाजवादी शिक्षा ल्याउने नाममा निजीकरण गर्न थालेकाले आन्दोलन गर्नुपरेको बताउनुभयो ।
समाजवादी विद्यार्थी फोरमका अध्यक्ष विवेक राईले शिक्षा क्षेत्रमा देखिएको निजीकरण र व्यापारीकरण रोक्नुपर्ने बताउनुभयो । यस्तै, नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्याम गौतमले सरकारले शिक्षालाई सुधार गर्नुभन्दा पनि विकृति ल्याउन थालेको आरोप लगाउनुभयो ।
विद्यार्थी संगठनले असार ११ देखि १६ गतेसम्म आन्दोलनको प्रचारप्रसार गर्ने, असार १७ गते शैक्षिक विकृतिविरुद्ध बहस कार्यक्रम सञ्चालन गर्ने, असार १८ गते देशभरि नै आँखामा कालो पट्टी बाँधी सिठ्ठी जुलुस गर्ने र १९ गते मसाल जुलुश प्रदर्शन गर्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #आठ विद्यार्थी संगठन
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्