१९ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै कंग्रेसको जिल्ला सभापति भेला सम्पन्न, यस्तो छ घोषणापत्र

काठमाडौं, असार ८ ।
नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला १९ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । चार दिनसम्म चलेको भेलाले सरकार सर्वसत्तावाद उन्मुख भएको निष्कर्ष निकालेको छ ।
साथै सरकारले जनविरोधी चरित्र देखाएको भन्दै त्यसविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ । कम्युनिष्ट सरकारले सञ्चार माध्यममा निषेध र नियन्त्रणकारी हस्तक्षेप, न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, कर्मचारी र शैक्षिक क्षेत्रमाथि अन्यायपूर्ण आतंक, एनजीओ आइएनजीओमाथि नियन्त्रणकारी रवैया अपनाएकाले बर्तमान सरकार सर्वसत्तावाद उन्मुख भएको प्रस्ट घोषणापत्रमा उल्लेख छ ।
भेलाले गणतन्त्र, संघीयता, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता लगायतका लोकतान्त्रिक मूल्यमान्यताको रक्षाका लागि दृढतापूर्वक उभिने निर्णय समेत गरेको छ । तत्कालीन एमालेको नक्कली राष्ट्रवाद सरकारमा पुगेपछि लम्पसारवादमा परिणत भएको आरोप कांग्रेसको छ ।
यसले जनताको आत्मसम्मानमा ठोस र्पुयाएको निष्कर्ष निकालिएको छ । शेरवहादुर देउवा नेतृत्वको सरकारले गरेका निर्णय बर्तमान सरकारले उल्टाएको प्रति भेलाले खेद प्रकट गरेको छ ।
भुकम्प पीडितलाई दिइने अनुदान रकममा थप एक लाख दिने, क्यान्सर, मृगौला रोगी र स्पाइनल इन्जुरी लगायत गम्भीर प्रकृतिका रोग लागेका बिरामीलाई जिविकोपार्जन बाफत मासिक ५ हजार दिने निर्णय र ६५ बर्ष उमेरमाथिका बृद्धबृद्धालाई थप भत्ता दिने निर्णय अविलम्ब कार्यान्वय गर्न समेत सरकारसँग भेलाले माग गरको छ ।
यस्तै बिधान सम्सोधन गर्ने तथा महासमिति बैठक तत्काल बोलाउने निर्णय गर्दै कांग्रेसले भेलाले सरकार अधिनायकवाद तर्फ अघि बढेकाले नियन्त्रणका लागि छायाँ सरकारको परिकल्पना पुन अघि सार्ने निर्णय गरेको छ ।
राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका थप सक्रिय बनाउन नेतृत्वले आफुनो शैली परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै जिल्ला सभापतिहरुको भेलाले ध्यानाकर्षण गराएको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #कंग्रेस, #जिल्ला सभापति भेला
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्