Techie IT
बिहीबार, असोज १५,२०७७

जब नेकपाको एकतामा संकट पर्छ, त्यतिवेला युवा नेता सक्रिय


काठमाडौँ, २० असार ः जव जव नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टीमा एकताको संकटमा पर्दछ, त्यति वेला पार्टीका ंयुवा नेता सक्रिय हुने गर्दछन् ।

अहिले पनि नेकपाको एकताको विवाद उत्कर्षमा पुगेको वेला पार्टीका केन्द्रीय सदस्य तथा सांसद त्यस एकतालाई जोगाउन सक्रिय भएका छन् ।उनीहरुले पार्टीमा देखिएको समस्यालाई पार्टीको विधि र विधानबाट गर्न माग शीर्ष नेतृत्वलाई दवाव दिनका लागि दैनिक विभिन्न भेला, बैठक र धर्ना जस्ता कार्यक्रम गर्न थालेका छन् ।

पार्टीको एकता कायम राख्नुपर्ने माग राख्दै पार्टी मुख्यालय धुम्रवराहीमा हिजोदेखि केन्द्रीय सदस्य धर्नामा बसेका छन् ।
यस्तै कृषि तथा पशुपक्षी विकास मन्त्री तथा पार्टीका स्थायी कमिटी सदस्य धनश्याम भुसालको नीजि निवासमा पनि हिजो पार्टी एकतालाई कुनै पनि हालतमा टुट्न दिन हुन्न भन्दै तेस्रो तहका नेताको भेला भएको थियो । यसरी पार्टी एकतामा देखिएको समस्यालाई समाधान गर्नका लागि पार्टीका दोसरोदेखि केन्द्रीय सदस्यसम्मका नेता विभिन्न भेला, बैठक आयोजना गर्दै आइरहेका छन् ।

२०७५ जेठ ३ गते तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेकपामा समस्या आएपछि युवा नेता त्यसलाई समाधान गरेर लैजानुपर्नेमा जोेड दिनु भएको छ ।

पार्टी एकतापछि बनेको नेकपा अहिले एकल सरकार रहेको छ । २०७४ सालमा भएको निर्वाचनमा झण्डै दुई तिहाई जनमत पाएको नेकपाको अहिले संघ र ६ वटा प्रदेशमा आफ्नै सरकार छ । भने ७५३ स्थानीय तहमध्ये धेरैमा पनि आफ्नै सरकार रहेको छ ।
अहिलेको एकतामा समस्या आए कम्युनिष्ट आन्दोलनलाई नै धक्का पुग्ने भन्दै पार्टीका युवा नेता एकता जोगाउन लाग्नु भएको हो ।

अहिले पार्टी एकताको बिषयलाई लिएर अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपालबीच विवाद उत्पन्न भएको छ ।
आजै विहान मात्रै महिला, वालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुगको निवासमा पनि पार्टीका केन्द्रीय सदस्य रहेका सांसदले पार्टीभित्रको देखिएको समाधान अन्त्य गर्नका लागि शीर्ष नेतालाई दवाव दिने बैठक आयोजना गर्नु भएको छ ।

बैठकले पार्टीमा शीर्ष नेतृत्वले एक अर्कालाई आरोप प्रत्यारोप बन्द गरी पार्टीका विधि र विधानबाट समस्या खोज्न आग्रह गर्ने निर्णय गरेको छ ।
सासद तथा केन्द्रीय सदस्य झपड रावलले पार्टीमा अहिले देखिएको विवादले सरकार र जनतालाई क्षति पुर्याउने भएकोले त्यस्तो विवाद विधि र विधानबाट समाधान गर्न दवाव दिने निर्णय गरेको बताउनुभयो ।

‘‘ पार्टी एकतामा देखिएको विवादले मुलुक, जनता र कार्यकर्ताका लागि दुःखद हो । यसले मुलुकलाई फाइदा गदैनन् ’’ उहाँले भन्नुभयो,‘‘त्यसैले शीर्ष नेतालाई पार्टीको विधि र विधानबाट समाधान खोज्न दवाव दिनका लागि बैठक आयोजना गरेका हौ ।’’

बैठकले चालु रहेको स्थायी कमिटी बैठकको एजेण्डाबाट नै पार्टीमा अहिले देखिएका समस्या समाधान गर्न समेत आग्रह गर्ने निर्णय गरेको छ ।
‘‘ हामी चाँडै नै पार्टी अध्यक्षाद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल भेट्छौ, ’’ उहाँले भन्नुभयो, ‘‘ भेटमा उहाँहरुलाई सडकमा आरोप प्रत्यारोप स्थायी कमिटी बैठकबाट समधान खोज्न दवाव दिने छौ ।’’

उहाँहरुबीच कुनै पनि नेताको पक्ष विपक्षमा नलागि पार्टी एकतालाई जोगाउने सहमति समेत भएको छ ।
भेलामा महिल मन्त्री सहित यज्ञराज सुनुवार, गणेश पहाडी, टेकवहादुर वस्नेत, श्याम श्रेष्ठ, सुरेश राई सहभागि हुनु भएको थियो ।
नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले आफूहरु शीर्ष नेताभन्दा नजिक रहेको र उनीहरुको मनोभाव बुझेकोले पार्टीलाई दुर्घटनाबाट जोगाउन बैठक, छलफल गर्ने गरेको बताउनुहुन्छ ।

‘‘शीर्ष नेताले पार्टीबारे मनोगत निर्णय लिए भने त्यसले पार्टी एकतामा ठूलो असर पर्दछ,’’ उहाँले भन्नुभयो, ‘‘ त्यसैले शीर्ष नेतालाई मनोगत निर्णय गर्न नदिनका लागि बैठक, छलफल भेला आयोजना गर्ने गरेका छौ ।’’ पार्टीका अर्का नेकपा केन्द्रीय सदस्य ठाकुर गैरेले पार्टीमा एकताको संकट परेको वेला पार्टी भित्रका युवा नेता बैठक गरेर पार्टी एकता जोगाउन शीर्ष नेतालाई दवाव दिने गरेको बताउनुभयो ।

उहाँले अहिले पनि देशभरिका युवा नेतासंग भर्चुअल बैठक र उपत्यकामा रहेका युवा नेता पार्टी एकता कायम राख्न पार्टी मुख्यालय गएर धर्ना दिएको बताउनुभयो ।

‘‘ जव जव पार्टी एकता संकटमा पर्दछ । त्यति वेला हामी युवा नेता एक जुट भएर पार्टी एकताका पक्षमा शीर्ष नेतालाई दवाव दिने गर्दछौ,’’ उहाँले भन्नुभयो, ‘‘अहिले पनि हामी पार्टी विभाजन नभई एकताको सन्देश दिनका लागि एकजुट भएका छौ ।’’


क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, विशेष
ट्याग : #नेपाल कम्युनिष्ट पार्टी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!