Techie
समाचार

गोर्खामा इन्जिनियर भट्टलाई ज्यान मार्ने धम्की (अडियो सहित)

गोर्खा ।   गोरखाको भीमसेन थापा गाउँपालिका–४ धावामा योजना निर्माणका क्रममा बिबाद हुँदा ठेकेदार नवराज लामिछाने र सव–इन्जिनियर भरत भट्टबीच झडप भएको छ।

ठेक्कापट्टाको काम गर्दै आएका नवराज लामिछानेले भट्टलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएपछि बिबाद बढेको थियो।

झडप हुनु अघि लामिछानेले भट्टलाई धम्की दिएको अडियो नै सार्वजनिक भएको छ।

स्थानियका अनुसार २०७७ जेठ ८ गते बिहान १०ः३० बजे भिमसेन थापा गाउँपालिका वडा नं ४ काशिखोला नाला निर्माणको शिलशिलामा अनुगमनमा खटिएका सब ईन्जिनियर भरत भट्टलाई बालुवाटार निवासी निर्माण ब्यवसायी नवराज लामिछानेले कुटेका थिए ।

ज्यान मार्ने धम्की दिदै बाटोमा कुरेर बस्ने जस्ता गुण्डागर्दी गर्दै आएका लामिछानेले अनुगमनमा हिंडेका सव–इन्जिनियर भट्टलाई काशी खोला नाला निर्माण स्थल नजिकै काप्री गाउँमा घेराबन्दीमा पारी आक्रमण गरेका थिए ।

स्थानिय उपभोक्ता समितीको छलफल चलिरहेको स्थानमा मोटरसाईकलमा आएका लामिछानेले एक्कासी टाउकोमा हेलमेटले आक्रमण गरेका थिए ।

आफ्नो छोरामाथी आक्रमण भएको देखेपछि भट्का बाबु तोयानाथ भट्टलगायतले छोराको ज्यान बचाउन प्रतिकारमा उत्रेका थिए । प्रतिकारमा परि लामिछानेको टाउकोमा चोट लागेको छ भने भरत भट्ट अहिले प्रहरी नियन्त्रणमा छन् । लामिछानेको जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको छ।

जिल्ला  प्रहरी कार्यालय गोरखाले घटनाको बिषयमा अनुसन्धान भइरहेको जनाएको छ।

उपभोक्त समितिको सामान्य विवादको विषयमा आएका लामिछानेले आफ्नो जे.सी.बि. ट्याक्टर प्रयोग गर्न पाउनुपर्छ भन्दै बिगत देखि नै गुण्डाशैलिमा ज्यान मार्ने धम्की दिएको भट्टको भनाइ छ ।

लामिछानेले स्थानिय सरकार, सुरक्षा निकाय र प्रशासनलाई समेत अपमानीत शब्दको प्रयोग गरेको अडियो सार्वजनिक भएको छ ।

लामिछानेले भट्टलाई फोनमा धम्की दिने क्रममा भीमसेन थापा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेलाई पनि आक्रमण गर्ने चेतावनी दिएका थिए।

गोरखामा बिकास निर्माणका ठेक्कामा अहिले टोले गुण्डाहरुको आतंक बढेको स्थानिय वासिन्दाहरुको भनाइ छ।

अडियो सुन्नुहोस

यो गुण्डागर्दी कतीन्जेल सम्बन्धी पक्षाको ध्यान पुरोग भरत भाईको जिवन रक्षाको माग गर्दछु सम्बन्धित पक्षा सित ( शब्दहरु नराम्रा छन माफ़ गर्नु होला । )

Posted by लोक नाथ अधिकारी on Friday, May 22, 2020

 

Tags

Related Articles