Techie
समाचार

नागार्जुनमा RDT प्रणालीबाट गरिएको परिक्षणमा २८जनामा पोजेटिभ

नार्गाजुन काठमाडौ । नागार्जुन नगरपालिकाकाको स्युचाटार स्वास्थ चौकीमा मिति २०७७/०२/०७ र रत्नराज्य मा बि मा मिति २०७७/०२/०८ गते गरिएको कोभीड परिक्षण मध्ये  RDT- ५२५ जना र PCR – २७९ – २७९ जना गरि जम्मा ८०४ जना ब्यक्तिहरुमा परिक्षण गरिएको मध्ये RDT प्रणालीबाट गरिएको परिक्षणमा २८जना ब्यक्तिहरुमा पोजेटिभ देखिएको नार्गाजुन नगरपालिकाले बताएको छ ।

थप परिक्षणको लागी राष्ट्रिय प्रयोगशाला टेकुमा पठाइएको र निजहरुलाई संम्बन्धित वडाअध्यक्षहरु र संम्बन्धित वडाका स्वास्थकर्मिहरुको निगरानीमा राखिएको मेयर मोहोन बस्नेतले बताए ।

मेयर बस्नेतले सबै सतर्क बनौ,सुरक्षित रहौ,नआतिऔ र अनावश्यक घरबाट निस्कनु अघि एक पटक सोचौ।आफु पनि बचौ र अरुलाई पनि बचाउ भन्दै सम्पूर्ण नगरबासीलाई अनुरोध समेत गरेका छन ।

Tags

Related Articles