नयाँ नक्सा जारी भएसंगै झाँक्रीले सम्झिन् त्यो कालापानीको मार्चसंगै बामदेव सहाना र योगेशलाई

काठमाण्डौ ८ जेठ । सांसद रामकुमारी झाँक्रीले २०५५ सालामा अनेरास्ववियूले गरको कालापानी मार्चलाई स्मरण गर्दै लामो फेसबुक स्टाटस् लेखेकी छन् । उनले नेपाल सरकारले सोमबार अतिक्रमित भू–भाग सहितको नयाँ नक्सा जारी गरेपछि उक्त स्टाटस् लेखेकी हुन् ।
सांसद झाक्रीले उक्त स्टाटस्मा तत्कालिन अनेरास्ववियू अध्यक्ष योगेश भट्टराईसहितको टोलीलाई तत्कालिन नेकपा मालेका अध्यक्ष सहाना प्रधान र तत्कालिन महासचिव बामदेव गौतमले राष्ट्रिय झण्डा सहित अखिलको झण्डा हस्तान्तरण गरेर मार्च गर्ने टोलीको हौसला प्रदान गरेको उल्लेख गरेकी छन् । उनले अध्यक्ष प्रधान र महासचिव गौतमले टोलीलाई फूलमाला र खादा ओडाएर बिदाई गरेको समेत स्मरण गरेकी छन् ।
तत्कालिन अनेरास्ववियूका अध्यक्ष योगेश भट्टराईको नेतृत्वमा सम्पन्न कालापानी मार्च २०५५ जेठ २२ गतेदेखि अषाढ ५ गतेसम्म भएको थियो ।
उक्त कालापानी मार्चमा आफ्नो अस्वस्थताको कारणले उपस्थित हुन नसकेकोमा सांसद झाँक्रीले फेसबुक पेजमा दुखेसो पनि पोखेकी छन् । २०५४ सालको चैत्रमा अनेरास्ववियूको राष्ट्रि परिषदको बैठकले कालापानी मार्च गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार आफु उक्त मार्चमा सहभागी हुन नसकेपनि काठमाण्डौमै बसेर गरिएको प्रचारप्रसार र ब्यवस्थापन लगाएतको अन्य सबै काममा सक्रिय भूमिका निभाएको पनि सांसद झाक्रिले उल्लेख गरेकी छिन् । उनले लेखेकी छन्,‘म सहित धेरै साथीहरु यहाँ काठमाण्डौमा नै बसेर त्यो अवधिमा राष्ट्रिय अन्तराष्ट्रिय मिडिया क्याम्पेनिय मिडिया क्याम्पेनिय मिडिया क्याम्पेनिय मिडिया क्याम्पेनिङ्ग गर्यौ ।’
उनले आफ्नो फेसबुक पेजमा लेखेकी छन्,‘भारतीय सेना कालापानी छोड’ भन्ने नारा र मुद्यालाई हामीले राष्ट्रिय बहसको विषय बनायौं । थुप्रै पत्रकार, लेखक, पेशाकर्मी, नागरिक समाज, अधिकारकर्मी, बुद्धिजीवि आदिसंग हामीले अन्तरक्रिया, सेमिनार र गोष्ठि पनि ग¥यौं । यति मात्र हैन, चोक चोकमा माईकिंग र कोणसभा गर्नुका साथै कलेज र स्कूलहरुमा भव्यसभा गरेर कालापानीको विषयलाई राष्ट्रिय मद्दा र बहसको विषय बनायौं ।
जब कालापानी मार्च सकेर अषाढ ५ मा जब टोली फर्कियो । त्यतिबेला उक्त मार्चमा गएका प्राय विद्यार्थी नेताहरु बिरामी भएको उनी सम्झन्छिन् । साथै उनले त्यो समयलाई स्मरण गर्दै लेखेकी छन्,‘लामो अन्कन्टार बाटोको थकाई र बिरामीले कम्जोर स्वास्थ्य लिएर साथीहरु फर्कनु भएको थियो ।
हामीले उहाँहरुलाई स्वागत गर्न भब्य गेट बनाएका थियौं ।’ उनी अगाडी लेख्छिन्,‘बाजागाजा र ¥यालीका साथ जनसमुदायको ठुलो सहभागितामा कालीमाटीमा स्वागत गरेर रत्नपार्कम्म ल्याएका थियौं ।’
कालापानी, लिपुलेक र लिम्लियाधुराको विषयमा आफुहरुले विगतदेखि गर्दै आएको संघर्ष र भारतीय बिस्तारबादको विरुद्धमा गरेको खबरदारीलाई स्मरण गर्दै सोमबार मन्त्री परिषदको निर्णयबाट सार्वजनीक गरिएको नेपालको नयाँ नक्सा प्रति आफु निकै नै खुशी भएको कुरा फेसबुक पेज मार्फत झाक्रिले सार्वजनीक गरेकी छन् ।
उनले लेखेकी छन्,‘आज नक्सा छाप्ने काम भयो । निरन्तर लड्यौं भने एकदिन हाम्रो जमीन पनि फिर्ता लिनेछौं । लड्न छोड्नु हुँदैन ।’ अन्त्यमा उनले यस अभियानका सबै अभियन्ताहरुलाई हार्दिक बधाई पनि दिएकी छन् ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : #रामकुमारी झाँक्री
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ३बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ४प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ५गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ६टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ७विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ८राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
तपाईको कमेन्ट लेख्नुहोस्