Techie IT
बिहीबार, असोज ७,२०७८

नेपाल बिद्यार्थी संघ महामन्त्री महेश्वरी कुवंर हिरो अवार्डबाट सम्मानित


काठमाडौं ।  नेपाल बिद्यार्थी संघ महामंन्त्री महेश्वरी कुवंर हिरो अवार्डबाट सम्मानित भएकी छन्।

मानवीय कार्यको क्षेत्रमा अग्रगामी योगदान गरेको भनी नेवीसंघ महामंन्त्री तथा पशुपति अन्नपूर्ण आश्रम, नेपाल राष्ट्रीय समिति, पाल्पा जिल्ला शाखाका सभापति महेश्वरी कुवंरलाई  अमेरिकाबाट  मंगलबार  हिरो अवार्डबाट सम्मानित गरिएको हो।

मानवीय सेवामा समर्पित महामंन्त्री कुवंरले विभिन्न समयमा पशुपति अन्नपूर्ण आश्रमबाट आफ्नो गृह जिल्ला पाल्पा लगाएत नेपालका बिभिन्न जिल्लामा खाधन् तथा लत्ता कपडा वितरण गर्ने गर्दछिन ।

कोरोना भाईरसले बिश्वनै आक्रान्त भईरहेका बेला जनचेतना फैलाउदै, मास्क तथा खाद्यान् वितरण लगायतका उत्कृष्ट सेवादायी काम महामंन्त्री कुवंरले, केही समय अगाडी पनि काठमाण्डौँ र पाल्पामा
गरेकी थिईन।


क्याटेगोरी : समाचार
ट्याग : #अवार्डबाट सम्मानित


तपाईको कमेन्ट लेख्नुहोस्