Techie
समाचार

नेपाली सेनाको एक जर्नेलमा कोरोना संक्रमण पुष्टि भएपछि २ हजार सेना रहेको पुरै ब्यारेक सिल

बर्दिबास । नेपाली सेनाको एक जर्नेलमा कोरोना संक्रमण पुष्टि भएपछि पुरै ब्यारेक सिल गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले शनिवार संक्रमण पुष्टी गरेको हो । तर, उनको नाम र दर्जा खुलाएको थिएन ।

उनी मध्य पूर्वी पृतनाका पृतनापति हुन् ।

महोत्तरीको बर्दिवास नगरपालिकामा रहेको मध्य पृतनाका पृतनापतिमै कोरोना संक्रमण देखिएपछि पूरै ब्यारेकलाई सिल गरिएको छ । पृतनापतिमा संक्रमण देखिएका कारण लगभग २ हजार सेना रहेको सो पृतनालाई सिल गरिएको हो ।

पृतनापति सहायकरथीमा कोरोना देखिएपछि उपचारका लागि शनिवारै काठमाडौं आएका छन् । उनको एपीएफ कोरोना अस्पतालमा उपचार भइरहेको छ ।

पृतनापतिसँगै सोही ब्यारेकका एक चिकित्सकमा समेत कोरोना संक्रमण देखिएको थियो ।

Tags

Related Articles